मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ वर्ष पूरा
सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २५ वर्ष पूरा

: सशस्त्र प्रहरी बल नेपालले शुक्रबार माघ ९ गते आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाएको छ। ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वन्त्रताको रक्षा गर्नका लागि २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।


स्थापनाको २५आंै वर्ष पुगेको अवसरमा सशस्त्र प्रहरी हेडक्वाटर हलचोकमा विभिन्न कार्यक्रम गरेको छ। २५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)का अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका एकाइहरूमा विविध कार्यक्रमको आयोजना गरेको छ। सशस्त्र प्रहरी बल नेपालले प्रभातफेरी, पूर्व–पश्चिम झन्डा मार्च, अन्तरक्रिया, गोष्ठी, निःशुल्क स्वास्थ शिविर सञ्चालन, रक्तदान, शिलालेख अनावरण, खाद्यान्न फलफूल वितरण, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता, सचेतनामूलक सडक नाटक प्रदर्शनलगायत सचेतनामूलक कक्षा सञ्चालन, सरसफाइ तथा मैत्रीपूर्ण खेल प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरेको थियो।


संगठन स्थापनाको सुरुवातमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलको गठन गरिएको थियो। नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथक्तावादी गतिविधि नियन्त्रण गर्न, कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्ने जस्ता १३ कार्यादेश सशस्त्र प्रहरी बललाई दिइएको थियो।




यो २५ वर्षे ऐतिहासिक यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेशहरू प्रभावकारी ढंगले सम्पादन गर्दै संगठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको छ। हालका दिनमा सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई बढी जोड दिएको छ। सशस्त्र प्रहरी बल नेपालले ७ वटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २ सय १५ वटा बोओपी (२ सय ४ वटा नेपाल–भारत सीमातर्फ र ११ वटा नेपाल–चीन सीमातर्फ) मार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुको साथै राजश्व संकलनमा समेत सहयोग पुर्‍याएको छ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन २०८० साल कात्तिक १ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको सुरुवात गरेको थियो। सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा विशेषतः विपद् प्रतिकार्यमा अब्बल सुरक्षा फौजको रूपमा रहेको छ। विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मंसिर २२ गते चितवन जिल्लाको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षलय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुन सक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ। सशस्त्र प्रहरी नेपालले आन्तरिक सुरक्षाको जिम्मेवारी पनि आफूलाई अब्बल तुल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु देश बनाउने काममा जुटेको दाबी गरे । नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए । 'केका लागि कुदेको, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाा ...
— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्। धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’ चुनाव प्रचारका क्रममा ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बे‌ंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बे‌ंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो। हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि ...
— सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह ...