मुख्य समाचार
महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गको ब्रह्मदेव लिंक रोड छुट्टिने चोकलाई ‘विपिन चोक’ नामकरण
महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गको ब्रह्मदेव लिंक रोड छुट्टिने चोकलाई ‘विपिन चोक’ नामकरण

: महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गको ब्रह्मदेव लिंक रोड छुट्टिने चोकलाई ‘विपिन चोक’ नामकरण गरिएको छ। भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि शुक्रबार औपचारिक रूपमा उक्त चोकको नामकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखिएको हो।

भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगनसिंह धामीले विपिनले इजरायलमा देखाएको साहस र योगदानलाई स्मरण गर्नका लागि चोकको नाम विपिन राखिएको बताए। प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामकरण गरेर शालीक स्थापना गर्ने निर्णय गरेको थियो।


सोही स्थानमा विपिनको शालीक निमार्ण गर्ने भीमदत्त नगरपालिका –३ का वडा अध्यक्ष गगन धामीले बताए। उनका अनुसार सालिक निमार्णका लागि नगरपालिकाले दुई लाख बजेट विनियोजन गरिसकेको छ। “कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी सालिक बनाउने निर्णय भएको छ, ”अध्यक्ष धामीले भने,“सोही अनुरूप आज विपिन चोक नामकरण गरिएको छ। केही समयपछि सालिक स्थापना गर्ने कार्यलाई पूर्णता दिइन्छ।”

यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। भीमदत्त नगरकार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिस समेत गरेको वडाध्यक्ष धामीले बताए।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरू दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए। उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए। हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो।

गत कार्त्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु देश बनाउने काममा जुटेको दाबी गरे । नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए । 'केका लागि कुदेको, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाा ...
— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्। धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’ चुनाव प्रचारका क्रममा ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बे‌ंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बे‌ंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो। हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि ...
— सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह ...