मुख्य समाचार
चार वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि युएईको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा त्रिपक्षीय वार्ता सुरु
चार वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि युएईको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा त्रिपक्षीय वार्ता सुरु

— विगत चार वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि युएईको अबुधाबीमा अमेरिकाको मध्यस्थतामा शुक्रबारदेखि त्रिपक्षीय वार्ता सुरु भएको छ ।

अमेरिकाले द्वन्द्व अन्त्यका लागि अघि सारेको प्रस्तावमा रुस र युक्रेनका प्रतिनिधिबीच सुरु भएको छलफल दुई दिनसम्म चल्ने युएईको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युद्ध सुरू भएयता त्रिपक्षीय वार्ता भएको यो पहिलोपटक हो ।

युक्रेनले राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्तेम उमरोभ, जनरल स्टाफ प्रमुख एन्ड्री हृनाटोभ र राष्ट्रपति कार्यालयका प्रमुख किरिलो बुडानोभलाई वार्ता टोलीमा समावेश गरेको छ ।

रुसी टोलीमा राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार युरी उसाकोभ, सैन्य अधिकारी एडमिरल इगोर कोस्ट्युकोभसहित उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी छन् । त्यसैगरी अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टेभेन विटकफ, ट्रम्पका ज्वाइा/सल्लाहकार जारेड कुशनरसहितको टोलीलाई पठाएको छ ।

शुक्रबार पहिलो दिनको वार्ता सीमा सम्बन्धी विवादमा केन्द्रीत रहेको बताइएको छ । रुसले युद्धपछि बनेको नयाँ सीमा र नयाँ यथार्थ स्विकार्दै युक्रेनी सेना डोनेट्स्क तथा लुहानस्क क्षेत्रबाट हट्नुपर्ने माग राखेको छ ।


त्यस्तै, युक्रेनले भविष्यमा कहिल्यै नाटोको सदस्यता नलिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने माग रुसको छ । आफ्नो भूभाग सुम्पने कार्य युक्रेनलाई मान्य नहुने युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले बताएका छन् । उनले भविष्यमा रुसले आक्रमण गर्दा पश्चिमा मुलुक र विशेषगरी अमेरिकाको साथ आवश्यक रहने औल्याएका छन् । यसका लागि आफ्नो पश्चिमा सहयोगीबाट सुरक्षा सुनिश्चितता चाहिने उनको माग छ ।

पहिलो दिन कुनै ठोस उपलब्धि नभएको रुसको सरकारी समाचार एजेन्सी तासले जनाएको छ । यता, वार्तामा सहभागी अधिकारीलाई उद्रृत गर्दै अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजले छलफल प्रगतिउन्मुख रहेको जनाएको छ ।



विवादको केन्द्रमा डोन्बास क्षेत्र

युएईमा जारी वार्ताको हलो डोन्बास क्षेत्रको विषयमा पुगेर अड्किएको छ । यहाँ रूसले सन् २०१४ देखि नै सैन्य हस्तक्षेप निम्त्याइरहेको छ र सन् २०२२ मा यही क्षेत्रलाई कारण देखाउँदै उसले औपचारिक युद्ध सुरू गरेको थियो ।

अजोव समुद्र किनारको यो क्षेत्रमा युक्रेनका २४ ओब्लास्ट (प्रान्त) मध्ये दुई प्रान्त (डोनेट्स्क र लुहानन्स) पर्छन् ।

डोनेट्स्कमा झन्डै ७५ प्रतिशत र लुहानन्समा झन्डै ७० प्रतिशत रुसी भाषी छन् । कोइला भण्डार, उर्वर कृषि योग्य भूमि, मिनिरल्सको भण्डार यस क्षेत्रको विशेषता हो । यहाँ ठूलो परिमाणमा गहुँ,धान, सूर्यमुखी फूल र मकै उत्पादन हुने गरेको छ । जसले युक्रेनलाई खाद्य क्षेत्रको ठूलो वैश्विक निर्यातकर्तामध्ये एक बनाएको छ ।

२० औं शताब्दीमा यस क्षेत्रमा ठूलो संख्यामा युक्रेनी उद्योगहरु थिए । विशेषगरी स्टिलको उत्पादनका लागि यो क्षेत्र चिनिएको थियो ।

रुसले अहिले यो क्षेत्रको झन्डै ८० देखि ९० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । बाँकी भूभागबाट युक्रेनी सेना हट्नुपर्ने माग शान्ति वार्ताका दौरान रुसले लिएको छ । १९९१ मा सोभियत युनियन टुक्रिएपछि युक्रेन स्वतन्त्र भएको थियो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राष्ट्रका रुपमा अस्तित्वमा रहन पाउने युक्रेनको अधिकारको अवमुल्यन गर्दै आएका छन् । उनले युक्रेन र युक्रेनी जनता इतिहासकालदेखि रुसको हिस्सा रहेको दाबी दोहोर्‍याइरहेका छन् ।

त्यस्तै रुसी भाषीमाथि युक्रेनमा जातीय संहार भइरहेको आरोप समेत लगाउँदै आएका छन् । तर, यसको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् ।

पुटिनको निर्देशनमा रूसी सेनाले डोन्बासबाट दक्षिणमा रहेको युक्रेनी भूभाग क्रिमिया सन् २०१४ को सुरुवातमै कब्जा गरेको थियो । त्यसपछि यहाँ 'नक्कली जनमत संग्रह' गराइयो र यसलाई रूसमा गाभ्ने काम गरियो ।

त्यसलगत्तै रुसले डोनेट्स्क र लुहानस्कमा पनि सैनिक हस्तक्षेप सुरु गर्‍यो ।

७ मेइ २०१४ मा डोनेट्स्कले आफु युक्रेनबाट अलग भएको दाबी गर्दै ‘जनगणतन्त्र डेनेटस्क ’ घोषणा गरेको थियो । ५ दिनपछि ‘जनगणतन्त्र लुहानस्क’ घोषणा भयो । यी सबै काम रुसको इशारामा भएकाले युक्रेन र बााकी विश्वले यसलाई मान्यता दिएनन् ।

रुसी राष्ट्रपति पुटिनले सन् २०२२ मा जनगणतन्त्र डोनेट्स्क र जनगणतन्त्र लुहानस्कलाई स्वतन्त्र देशको मान्यता दिदैं यसको रक्षार्थ रुसी सेना परिचालन गरिएको दाबी गरेका थिए ।

यस्तो दाबीसँग रुस–युक्रेन युद्ध सुरु भयो । यसरी पुटिनले यी दुई क्षेत्र लिनका लागि विगत १२ वर्षदेखि निरन्तर प्रयास गरिरहेका छन् ।

तर, ठूलो संख्यामा रुसी सैनिकले ज्यान गुमाइसकेपनि मस्कोले अझै डोन्बास क्षेत्र पूर्णतः कब्जामा लिन सकेको छैन । अहिलेसम्म, लुहानस्कमा लगभग सबै इलाका र डेनेट्स्कमा झन्डै ७० प्रतिशत इलाकामा मात्रै रुसको कब्जामा छ ।

रुसी सेनाले यसबाट अघि बढ्नका लागि युक्रेनसँग लडाइँ गरिरहेको छ । युक्रेनले यी भूभाग नछाडे रुसले सैन्य बल प्रयोग गरेर भएपनि कब्जामा लिने पुटिनले बताउँदै आएका छन् ।

तर, मानवीय क्षति चर्को परिरहेको छ । नाटोका महासचिव मार्क रुट्टीले गत सातामात्रै यस क्षेत्रमा हरेक महिना २० हजारदेखि २५ हजार रुसी सेनाले ज्यान गुमाइरहेको दाबी गरेका थिए । यद्यपी रुसले यी विवरण सार्वजनिक गरेको छैन ।

रणनीतिक रुपमा पनि यो क्षेत्र महत्वपूर्ण छ । यहाँ रहेको मारिउपोल बन्दरगाहले ब्ल्याक सीसँगको पहुँच उपलब्ध गराउँछ । यहाँ रुसी भाषी जनसंख्याको बाहुल्यता भएकाले भावनात्मक रुपमा पनि रुसको सम्बन्ध यस इलाकासँग जोडिएको छ ।

युक्रेन के चाहन्छ ?

युक्रेनले आफ‍्‍नो भूभाग सुम्पने काम हुनै नसक्ने बताएको छ । तर, अमेरिकाले अघि सारेका विभिन्न योजामध्ये एक प्रस्ताव ‘जनमतसंग्रहमार्फत यस क्षेत्रको भविष्य निर्धारण गर्न सकिने’ थियो ।

‘आफ्नो भूभाग सुम्पने निर्णयमा युक्रेनीहरु मत खसाल्ने संभावना न्युन छ, तर यस्तो गरिहाले पनि उक्त कदम अन्तर्राष्ट्रिय कानुन विपरीत हुनेछ । कानुनले अर्को राज्यको इलाका कब्जा गर्नका लागि बल प्रयोग गर्न प्रतिबन्धित गर्छ,’ अमेरिकी सञ्चारमाध्यम सीएनएनले लेखेको छ ।

अहिले भइरहेको शान्ति वार्ताको प्रस्ताव पूर्णतः सार्वजनिक भइसकेको छैन । यद्यपी, गत डिसेम्बरमा अमेरिकाले युक्रेनको नियन्त्रण कायम रहेको डोन्बासको भूभागमा स्वतन्त्र आर्थिक क्षेत्र विकास गर्न सकिने प्रस्ताव राखेको थियो ।

युक्रेनमा सुरक्षा सुनिश्चितता प्राप्त भएमा यस्तो प्रस्ताव स्विकार हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले बताएका थिए । तर, यस प्रस्तावलाई रुसले स्विकार्छ वा स्विकार्दैन भन्ने स्पष्ट छैन ।

पछिल्ला महिनाहरूमा रुसले युक्रेनको राजधानी किभसहितका इलाकामा लगातार मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ । युक्रेनमा उर्जा केन्द्र तथा विद्युत प्रशारण लाइनहरूमा क्षति पुगेकाले धेरै इलाका अन्धाकारमा छन् । चिसोले जनजीवन कस्टकर छ ।

वार्ता चलिरहदाँ आक्रमण

वार्ताको टेबुलमा बसेपनि रूसले युक्रेनमाथि आक्रमण बन्द गरेको छैन । शनिबार रुसले विभिन्न शहरमा ड्रोन तथा मिसाइल हमला गरेको छ । किएभमा मध्यराति भएको रुसी आक्रमणमा परेर एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

त्यस्तै, खार्खिभमा १९ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरुले आक्रमणको निन्दा गरेका छन् । ‘यस आक्रमणले हाम्रा मानिसमात्रै होइन । शान्ति वार्तामाथिको पनि आक्रमण हो,’ युक्रेनका विदेशमन्त्री एन्ड्री साइबिहाले भने ।

आक्रमणमा परेर उर्जा केन्द्रहरुमा क्षति पुगेको छ । किएभमा झन्डै ६ हजार घरहरुमा हिटिङ सेवा बन्द भएको त्यहाँका मेयर भिटाली क्लिटस्च्कोले बताएका छन् । युक्रेनमा प्रायः सबै स्थानमा तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा कम छ । किएभमा शुक्रबार राति तापक्रम माइनस ११ डिग्री थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम