मुख्य समाचार
प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा निर्वाचन प्रहरीमा आवेदन मागभन्दा कम, दुई दिन म्याद थप
प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा निर्वाचन प्रहरीमा आवेदन मागभन्दा कम, दुई दिन म्याद थप

: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीमा निर्वाचन प्रहरीमा आवेदन मागभन्दा कम परेको छ। जिल्लाभर मागभन्दा कम आवेदन परेपछि आवेदन दिने म्याद दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।




जिल्लाभर नेपाल प्रहरीमा १ हजार ६ सय ९५ र सशस्त्र प्रहरी बलमा १ सय ७९ गरी कुल १ हजार ८ सय ७४ आवेदन खुला गरिएको थियो। तर हालसम्म नेपाल प्रहरीमा १ हजार ३ सय र सशस्त्र प्रहरी बलमा १ सय ४८ आवेदन मात्र परेको पाइएको छ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गा बहादुर सारुका अनुसार नेपाल प्रहरीमा ३९५ र सशस्त्र प्रहरी बलमा ३१ आवेदन कम परेको छ। दुवै विभागमा आवेदन दिएका केही छनोट प्रक्रियामा सहभागी नभएकाले अहिले ४ सय २६ जनाका लागि आवेदन खुला गरिएको छ। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर आवेदन दिने म्याद फागुन १० र ११ गते थप गरेको हो।




इच्छुक र योग्य नेपाली नागरिकहरूले जिल्ला प्रहरी कार्यालय, तम्घास, इलाका प्रहरी कार्यालय रिडी तथा इलाका प्रहरी कार्यालय पुर्कोटदहमा स्वयम् उपस्थित भएर आवेदन दिन सक्ने प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिए।

साथै, पुस २५ देखि माघ ३ सम्म विभिन्न कारणले फारम भर्न नसक्ने उम्मेदवारहरूले पनि यो थप म्यादभित्र उपस्थित भएर छनोट प्रक्रियामा सहभागी हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु देश बनाउने काममा जुटेको दाबी गरे । नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए । 'केका लागि कुदेको, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाा ...
— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्। धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’ चुनाव प्रचारका क्रममा ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बे‌ंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बे‌ंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो। हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि ...
— सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह ...