मुख्य समाचार
लामो समयदेखि पानी नपरेर चिन्तित बनेका मुगुका कृषकहरू हालै राति परेको हिमपातले केही राहत महसुस
लामो समयदेखि पानी नपरेर चिन्तित बनेका मुगुका कृषकहरू हालै राति परेको हिमपातले केही राहत महसुस

: लामो समयदेखि पानी नपरेर चिन्तित बनेका मुगुका कृषकहरू हालै शुक्रबार राति परेको हिमपातले केही राहत महसुस गरेका छन्। असोजदेखि खडेरीको मार खेप्दै आएका किसानहरू आफ्नो खेतबारीमा रोपेको हिउँदे बाली सुकेर उब्जनी नहुने चिन्तामा रहेका बेला शुक्रबार राति परेको हिमपातले राहत महसुस भएको हो।


जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रहरूमा शुक्रबार रातिबाट परेको बाक्लो हिमपातले माटोमा चिस्यान बढाएको छ। यसले गहुँ, जौ, आलु र उवा जस्ता हिउँदे बालीमा सकारात्मक प्रभाव पर्ने कृषकहरूको विश्वास छ।

छायाँनाथ रारा नगरपालिका–६ का कृषक रूप बहादुर सेजुवालका अनुसार पहिला–पहिला असोज–कार्तिकमै घरमै घुँडासम्म हिमपात हुने गर्थ्यो। विगत ५–६ वर्षयता समयमै हिमपात हुन छोडेको छ। हिउँदे सिजनमा लामो समयदेखि हिमपात र पानी नपर्दा बाली सुक्ने अवस्थामा पुगेको बताउँदै, ‘हिमपातले जमिनमा आवश्यक चिस्यान दिएको छ, अब उत्पादन राम्रो हुने आशा गरेका छौँ,’ भने।

मुगुम कार्मारोङ गाउँपालिका–७ का कृषक छिरिङ फोन्जक लामा भन्छन्, यो गाउँपालिका जडीबुटी र पशुचौपायामा आत्मनिर्भर पालिका हो। समयमै बाक्लो हिमपात र पानी नपरे मुख्य आम्दानीको आय स्रोत भनेकै जडीबुटीलाई ठूलो असर पर्छ र पशुचौपायाका लागि चाहिने घाँसमा पनि असर पर्ने भएकाले ढिलै भए पनि हिमपात हुँदा केही राहत महसुस भएको बताए।

कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख गणेश अधिकारी भन्छन्, हिमपातले माटोको उर्वराशक्ति बढाउने, किरा–फट्याङ्ग्रा नियन्त्रण गर्ने र हिउँदे बालीको उत्पादनमा वृद्धि हुनुका साथै यो समय स्याउ, ओखर लगायत बिरुवा रोप्ने, काँटछाँट गर्ने भएकाले सबै फलफूललाई समेत सहयोग पुग्ने भएकाले कृषि क्षेत्रका लागि यो सिजनमा हिमपात आवश्यक मानिन्छ। समयमै हिमपात नभए पनि शुक्रबार राति परेको यो हिमपातले हिउँदे बाली मात्र होइन, आगामी खेती प्रणालीलाई समेत फाइदा पुर्‍याउने बताए।

हिमपातसँगै चिसो बढे पनि कृषकहरू भने आगामी उत्पादनप्रति आशावादी देखिएका छन्। लामो खडेरीपछि परेको हिमपातले मुगुका कृषक मात्र नभई हिमाली क्षेत्रका कृषकहरूलाई हिउँदे बाली र फलफूलको उत्पादनमा केही राहत हुने देखिएपछि उनीहरूको अनुहारमा खुशी फर्काएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु देश बनाउने काममा जुटेको दाबी गरे । नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए । 'केका लागि कुदेको, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाा ...
— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्। धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’ चुनाव प्रचारका क्रममा ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बे‌ंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बे‌ंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो। हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि ...
— सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह ...