— संरक्षक समेत रहेका बाबुराम भट्टराईले शुक्रबार उम्मेदवारको मनोनयन फिर्ता लिएपछि प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले अन्य कुनै पनि उम्मेदवारलाई समर्थन गर्ने निर्णय भइनसकेको बताएको छ ।
पार्टीका जिल्ला संयोजक नारायण खत्रीले विज्ञप्ति जारी गर्दै उपयुक्त उम्मेदवारलाई समर्थन गर्ने गरी पार्टीले धारणा सार्वजनिक गर्ने बताएका छन् ।
प्रलोपाको तर्फबाट गोरखा–२ मा उम्मेदवारी दिएका भट्टराई र गोरखा–१ मा उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि सामाजिक सञ्जालमा विभिन्न दल निकटका उम्मेदवारले प्रलोपाले आफूलाई समर्थन गरेको धारणा राखेका थिए ।
सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएपछि प्रलोपाले भने समानुपातिकतर्फ ‘आँखा’ चुनाव चिह्नमा मतदान गर्न पार्टी पंक्तिलाई अनुरोध गरेको छ ।
‘पछिल्लो निर्णयले पार्टी पंक्ति, समर्थक, शुभेच्छुक र जनस्तरमा पर्न गएको आघात प्रति क्षमायाचना गर्दै पार्टीको नियमित काममा झन् उच्च मनोबलका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।