मुख्य समाचार
आइसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफार्यसमा नेपालले पहिलो जित
आइसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफार्यसमा नेपालले पहिलो जित

: आइसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफार्यसमा नेपालले पहिलो जित दर्ता गरेको छ। नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायमै राखेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बावेले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गरेको हो। नेपालका लागि पूजा महतोले सर्वाधिक ५२ रनमा अविजित रहिन्। उनले ५० बलमा ४ चौका र २ छक्कासहित अर्धशतकीय पारी पूरा गरेकी हुन्। उनको टी२० अन्तर्राष्ट्रियमा यो तेस्रो अर्धशतक हो। ओपनरद्वय बिन्दु रावल र सम्झना खड्काले क्रमशः १५ र ९ रन बनाए। कप्तान इन्दु बर्माले २३ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाइन।


कविता जोशी १ रनमा पेभेलियन फर्किइन्। आजको खेलमा ११ रन प्रहार गर्दै सीता राना मगरले टी २० अन्तर्राष्ट्रियमा सीता राना मगरले १ हजार रन पूरा गरेकी हुन्। उनी १७.३ ओभरमा रिटायर हर्ट भइन्। रन लिने क्रममा उनको खुट्टामा बलले लाग्दा उनलाई खेलको बीचबाट नै अस्पताल लगिएको हो।




रुबिना क्षेत्री २ रनमा अविजित रहिन्। जिम्बावेका लागि जोस्पाइन कोमोले २ विकेट लिइन्। नोम्भ्लो सिबान्दा र क्रिस्टावेल चाटोन्ज्वाले १–१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको जिम्बावेका लागि केलिस धोलुभले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी सहित अविजित रहिन्। उनले ३६ बलमा ८ चौका प्रहार गरिन्।

जिम्बावेका लागि ओपनिङ ब्याटर चिपो तिरिपानो र विलभ्ड विजाले क्रमशः ८ र ३४ रन बनाए। मोडेस्टर मुपाचिक्वाले १४ जोस्पाइन कोमो ६ रनमा एलबीडब्ल्यू आउट भइन्। क्रिस्टावेल चाटोन्जावा १ रनमा अविजित रहिन्। नेपालको लागि रिया शर्माले २ विकेट लिइन्। पूजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १– १ विकेट लिए।

नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। जिम्बावेको यो चौथो खेल थियो। यसअघि, ३ खेलमा पराजित हुँदै जिम्बावे सुपर सिक्सको होडबाट बाहिरिइसकेको छ। नेपालसँग पनि पराजित हुँदै जिम्बावे प्रतियोगितामा जितविहीन बन्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम