मुख्य समाचार
आइसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफार्यसमा नेपालले पहिलो जित
आइसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफार्यसमा नेपालले पहिलो जित

: आइसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफार्यसमा नेपालले पहिलो जित दर्ता गरेको छ। नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायमै राखेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बावेले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गरेको हो। नेपालका लागि पूजा महतोले सर्वाधिक ५२ रनमा अविजित रहिन्। उनले ५० बलमा ४ चौका र २ छक्कासहित अर्धशतकीय पारी पूरा गरेकी हुन्। उनको टी२० अन्तर्राष्ट्रियमा यो तेस्रो अर्धशतक हो। ओपनरद्वय बिन्दु रावल र सम्झना खड्काले क्रमशः १५ र ९ रन बनाए। कप्तान इन्दु बर्माले २३ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाइन।


कविता जोशी १ रनमा पेभेलियन फर्किइन्। आजको खेलमा ११ रन प्रहार गर्दै सीता राना मगरले टी २० अन्तर्राष्ट्रियमा सीता राना मगरले १ हजार रन पूरा गरेकी हुन्। उनी १७.३ ओभरमा रिटायर हर्ट भइन्। रन लिने क्रममा उनको खुट्टामा बलले लाग्दा उनलाई खेलको बीचबाट नै अस्पताल लगिएको हो।




रुबिना क्षेत्री २ रनमा अविजित रहिन्। जिम्बावेका लागि जोस्पाइन कोमोले २ विकेट लिइन्। नोम्भ्लो सिबान्दा र क्रिस्टावेल चाटोन्ज्वाले १–१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको जिम्बावेका लागि केलिस धोलुभले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी सहित अविजित रहिन्। उनले ३६ बलमा ८ चौका प्रहार गरिन्।

जिम्बावेका लागि ओपनिङ ब्याटर चिपो तिरिपानो र विलभ्ड विजाले क्रमशः ८ र ३४ रन बनाए। मोडेस्टर मुपाचिक्वाले १४ जोस्पाइन कोमो ६ रनमा एलबीडब्ल्यू आउट भइन्। क्रिस्टावेल चाटोन्जावा १ रनमा अविजित रहिन्। नेपालको लागि रिया शर्माले २ विकेट लिइन्। पूजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १– १ विकेट लिए।

नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। जिम्बावेको यो चौथो खेल थियो। यसअघि, ३ खेलमा पराजित हुँदै जिम्बावे सुपर सिक्सको होडबाट बाहिरिइसकेको छ। नेपालसँग पनि पराजित हुँदै जिम्बावे प्रतियोगितामा जितविहीन बन्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...