— एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पुरुषतर्फ शनिबार सम्पन्न खेलमा गण्डकीले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो । खेलमा गण्डकीले पहिलो सेट २५–१३, ...