मुख्य समाचार
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता

: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।


उनका अनुसार देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी परेको थियो। जसमा ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति एवं भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले कम समयमा उम्मेदवार चयन गर्नुपर्दा केही त्रुटिहरू भएको बताएका छन्। पार्टी सभापतिको रूपमा सपथ लिएसँगै आयोजित पहिलो केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने बताए। 'यसपटक उम्मेदवार चयन गर्न सजिलो थिएन। २४ घन्टाभन्दा कम समयमा टिकट बाँड्नुपर्ने ...
: रौतहटको चन्द्रपुर नगरपालिकाको क्षतिग्रस्त भवन पुनर्निर्माण हुने भएको छ। गत भदौ २४ को जेनजी आन्दोलनबाट ध्वस्त भएको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माणको लागी प्राविधिक कार्यको सुरुवात भएको छ। आज शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरबाट आएको प्राविधिक टोलीले उक्त भवनको अवस्थाबारे अध्ययन गरेर गएको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका सह प्राध्यापक डा. क्षितिज चरण श्रेष्ठ, ...
: भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा माघ ८ गते राति भएको झडप प्रकरणलाई लिएर समस्याको दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय छलफल भएको छ। गृह मन्त्री ओमप्रकाश अर्याल र महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा शुक्रबार उक्त छलफल सम्पन्न भएको हो। बिहीबार राति बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुट हुँदा १३ जना घाइते ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-१ घर भई कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन्। रोज बहादुरले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट १२ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा ...
: मोटरसाइकल ठोक्किएर भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका -१ पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको हो । शुक्रबार दिउँसो पौने १२ बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र।२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० ...