: मोटरसाइकल ठोक्किएर भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका -१ पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको हो ।
शुक्रबार दिउँसो पौने १२ बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र।२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्र।२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजार निवासी अन्दाजी ३० वर्षका अशोक महतो र बिआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२ हजमिनिया निवासी अन्दाजी २९ वर्षका अरबिन्द महतो गम्भीर घाइते भएका थिए ।
घाइते दुवैजनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा चिकित्सकले दिउँसो १२ बजे दुवैलाई मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापले जानकारी दिए ।