: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाहरूका आधारमा निर्वाचनमा प्रतिष्पर्धा हुने बताएका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिपस्पर्धा व्यक्तिले नभइ व्यक्तिले उठाएको मुद्दाले गर्ने भएकाले आफूहरूले उठाएका मुद्दाहरूलाई घोषणापत्रले स्पष्ट पार्ने बताए।
यस पटकको निर्वाचनमा आवधिक निर्वाचनभन्दा अघि पार्टीबाट प्रधानमन्त्रीको घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजेको उनले बताए।
पौडेलले कांग्रेसको नेतृत्वमा देश बनाउने गरि आफ्ना मुद्दाहरूलाई स्थापित गर्ने दावी गरे। त्यसैगरी उनले पार्टी सभापतिलाई गगन थापालाई मधेशमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको धारणा राखे।
उनले पार्टी सभापति मधेशबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिने बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सभापति थापाले सर्लाही ४ बाट उम्मेदवारी दिएका छन्।