मुख्य समाचार
फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य बन्नका लागि उम्मेदवार दिएका मध्ये स्याङ्जामा ४ जनाले शुक्रबार उम्मेदवारी फिर्ता
फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य बन्नका लागि उम्मेदवार दिएका मध्ये स्याङ्जामा ४ जनाले शुक्रबार उम्मेदवारी फिर्ता

: फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य बन्नका लागि उम्मेदवार दिएका मध्ये स्याङ्जामा ४ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन्।




दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र १ बाट एक जना र २ बाट ३ जनाले आ-आफ्नो उम्मेदवारी आफैंले फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ। निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका आँधीखोला गाउँपालिका मनोज नेपाली दर्जीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन।


दर्जीले औपचारिक रूपमा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएर फिर्ता लिएको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए। यसैगरी स्याङ्जा क्षेत्र नम्बर–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार टिकाराम रेग्मीसहित स्वतन्त्र उम्मेदवार घनश्याम पाण्डेय र दिलीप श्रेष्ठले पनि आ-आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्।




उनीहरूले उम्मेदवारी फिर्ता लिएसँगै अब क्षेत्र नं. १ र २ मा १२/१२ जना उम्मेदवारीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारी फिर्ता लिने समय शुक्रवार दिउँसो १ बजेसम्म तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति एवं भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले कम समयमा उम्मेदवार चयन गर्नुपर्दा केही त्रुटिहरू भएको बताएका छन्। पार्टी सभापतिको रूपमा सपथ लिएसँगै आयोजित पहिलो केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने बताए। 'यसपटक उम्मेदवार चयन गर्न सजिलो थिएन। २४ घन्टाभन्दा कम समयमा टिकट बाँड्नुपर्ने ...
: रौतहटको चन्द्रपुर नगरपालिकाको क्षतिग्रस्त भवन पुनर्निर्माण हुने भएको छ। गत भदौ २४ को जेनजी आन्दोलनबाट ध्वस्त भएको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माणको लागी प्राविधिक कार्यको सुरुवात भएको छ। आज शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरबाट आएको प्राविधिक टोलीले उक्त भवनको अवस्थाबारे अध्ययन गरेर गएको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका सह प्राध्यापक डा. क्षितिज चरण श्रेष्ठ, ...
: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी परेको थियो। जसमा ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको ...
: भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा माघ ८ गते राति भएको झडप प्रकरणलाई लिएर समस्याको दीर्घकालीन समाधान खोज्न उच्चस्तरीय छलफल भएको छ। गृह मन्त्री ओमप्रकाश अर्याल र महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा शुक्रबार उक्त छलफल सम्पन्न भएको हो। बिहीबार राति बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुट हुँदा १३ जना घाइते ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-१ घर भई कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन्। रोज बहादुरले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट १२ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा ...