: नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट एक जनाको उम्मेदवारी रद्द भएको छ। उम्मेदवारी रद्द हुनेमा आम जनता पार्टीकी मायाकुमारी थापा रहेकी छन्। उनको नाम कालोसूचीमा रहेको देखिएकाले उम्मेदवारी रद्द गरिएको सहायक निर्वाचन अधिकृत भेषराज खनालले बताए।
उक्त निर्वाचन क्षेत्रबाट २७ जनाले उम्मेदवारी दिएका थिए। उम्मेदवारी रद्दसँगै त्यस क्षेत्रबाट ११ स्वतन्त्र र १५ दल गारी कुल २६ जनाको उम्मेदवारी कायम भएको छ।