मुख्य समाचार
टी–२० विश्वकप २०२६ को खेल भारतमा नखेल्ने बंगलादेशले आफ्नो अडान कायमै
टी–२० विश्वकप २०२६ को खेल भारतमा नखेल्ने बंगलादेशले आफ्नो अडान कायमै

: भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप २०२६ को खेल भारतमा नखेल्ने बंगलादेशले आफ्नो अडान कायमै राखेको छ। सुरक्षा चुनौतीलाई समस्याका रूपमा देखाएको बंगलादेशले आफूहरूले श्रीलंकामा विश्वकप खेल्न पाउनु पर्ने अडान कायमै राखेको हो।




आईसीसीको बुधबार बसेको बोर्ड बैठकले भारतमा बंगलादेश खेल्न नमानेको खण्डमा स्कटल्यान्डलाई विश्वकपमा सामेल गराउने निर्णय गरेको थियो। यो निर्णय पश्चात् आइसीसीले बंगलादेश सरकारलाई बिहीबारसम्म आफ्नो आधिकारिक निर्णय पठाउन भनेको थियो। तर यो निर्देशनलाई बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले भने, ‘आइसीसीले दिएको २४ घण्टे अल्टिमेटम मान्य छैन। हामीले यो कुरा लिएर पुनः आईसीसीमा जान्छौँ।’


यदि आइसीसीले बंगलादेशलाई समावेश नगराएको खण्डमा यो उनीहरूकै घाटाको विषय हुने उनले बताए। उनले भने, ‘२० करोड बंगलादेशीले विश्वकप हेर्न पाएनन् भने यो आईसीसीकै घाटाको विषय हो।’

बंगलादेश सरकारका खेलकुद सल्लाहाकार आसिफ नाज्रुल भन्छन्,‘हामी आइसीसीमा पुनः जानेछौँ। हामीलाई आशा छ, आइसीसीले हामीलाई श्रीलंकामा खेल्ने वातावरण मिलाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...