मुख्य समाचार
टी–२० विश्वकप २०२६ को खेल भारतमा नखेल्ने बंगलादेशले आफ्नो अडान कायमै
टी–२० विश्वकप २०२६ को खेल भारतमा नखेल्ने बंगलादेशले आफ्नो अडान कायमै

: भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप २०२६ को खेल भारतमा नखेल्ने बंगलादेशले आफ्नो अडान कायमै राखेको छ। सुरक्षा चुनौतीलाई समस्याका रूपमा देखाएको बंगलादेशले आफूहरूले श्रीलंकामा विश्वकप खेल्न पाउनु पर्ने अडान कायमै राखेको हो।




आईसीसीको बुधबार बसेको बोर्ड बैठकले भारतमा बंगलादेश खेल्न नमानेको खण्डमा स्कटल्यान्डलाई विश्वकपमा सामेल गराउने निर्णय गरेको थियो। यो निर्णय पश्चात् आइसीसीले बंगलादेश सरकारलाई बिहीबारसम्म आफ्नो आधिकारिक निर्णय पठाउन भनेको थियो। तर यो निर्देशनलाई बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले भने, ‘आइसीसीले दिएको २४ घण्टे अल्टिमेटम मान्य छैन। हामीले यो कुरा लिएर पुनः आईसीसीमा जान्छौँ।’


यदि आइसीसीले बंगलादेशलाई समावेश नगराएको खण्डमा यो उनीहरूकै घाटाको विषय हुने उनले बताए। उनले भने, ‘२० करोड बंगलादेशीले विश्वकप हेर्न पाएनन् भने यो आईसीसीकै घाटाको विषय हो।’

बंगलादेश सरकारका खेलकुद सल्लाहाकार आसिफ नाज्रुल भन्छन्,‘हामी आइसीसीमा पुनः जानेछौँ। हामीलाई आशा छ, आइसीसीले हामीलाई श्रीलंकामा खेल्ने वातावरण मिलाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एन्फा राष्ट्रिय लिग २०८२ को आज भएका २ खेलमा श्री भगवती क्लब र सातदोबाटो युथ क्लबले जित निकालेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा श्री भगवती क्लबले जनजागृति युथ क्लबलाई ५–१ ले पराजित गरेको छ। भगवती युथ क्लबका लागि शिशिर लेखिले २ गोल गरे। अजयी मार्टिन, सुवास बम र सिमान्त थापाले १–१ गोल ...
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।
— बंगलादेशले अर्को महिना हुने ट्वान्टी–२० विश्वकपका लागि भारत जान अस्वीकार गरेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले बिहीबार यसको जानकारी गराउँदै प्रतियोगिताबाट आफ्नो टोलीको नाम हटाउने निश्चित गरेको हो । ‘हाम्रो माग विश्वकप खेल्ने मात्र हो, तर भारतमा गएर होइन,’ बीसीबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले पत्रकार सञ्चारकर्मीसँग भने । बंगलादेशले विश्वकपका आफ्ना खेलहरू श्रीलंकामा ...
नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा
। सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, ...