: निर्वाचन आयोगले आमनिर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सञ्चालन हुने गरी गरी खाताको व्यवस्था गर्न आयोगले पत्राचार गरेको हो।
आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा निर्वाचन अभियानसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन राष्ट्र बैंकलाई पत्राचार गरिएको आयोगले जनाएको छ।