मुख्य समाचार
काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग
काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग

— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ।

होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र विशेषज्ञ डा.सुनिल थकालीलाई ३६ लाख ९९ हजार ९ सय ९० रुपैयाँहस्तान्तरण गरिन्।

जलबिन्दु रोग पहिचान गर्ने उपकरण (भिजिवल फिल्ड) खरिद गर्नका लागि उक्त रकम उपलब्ध गराएको हो । उक्त उपकरणको अभावमा जलबिन्दुका विरामीलाई काठमाडौंको तिलगंगा अस्पतालमा पठाउनु पर्ने बाध्यता थियो। अब उक्त मेसिन ल्याएपछि यही रोग पहिचान गर्न सहज हुने डा. थकालीले बताए।

हेटौंडा उपमहानगरपालिका-१० टिसिएनमा २०६५ मंसिर ५ गते स्थापना गरिएको उक्त आँखा अस्पतालले अहिलेसम्म ८१ हजार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेर ज्योति फर्काउने काम गरेको छ। उक्त आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गर्न भारतीय नागरिकहरु पनि आउने गरेका छन्। १७ वर्षसम्म शल्यक्रिया गरेकामध्ये २५ प्रतिशत भन्दा बढी भारतीय नागरिक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई ...
। गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर खोप लगाइएको हो । अभियानले समुदायमा फैलिन सक्ने घातक रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमको ...
— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ । नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एसोसिएसन फ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल-अफिन, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई पत्र जारी गर्दै गत ...
। खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको ...
— सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारले थालेको कार्ययोजना अनुसार क्षयरोग नियन्त्रणका लागि प्रत्येक वर्ष स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गर्दै आएका छन् । जिल्लामा सामूहिक रुपमा क्षयरोग पहिचान र उपचारका लागि ५८ स्थानमा डट्स सेन्टर, ५ स्थानमा डिएमसी सेवा र जिल्ला अस्पतालमा एक जना विज्ञले सेवा दिइरहेका छन् । ...