— एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५४ जना ६० वर्षभन्दामाथिका उमेर समूहका व्यक्तिलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेका कूल उम्मेदवारमध्ये करिब ३३ प्रतिशत हिस्सा ६० वर्ष काटिसकेका नेताहरूको रहेको छ ।
६० वर्षमाथिका यी ५४ जना उम्मेदवारहरू सबै पुरुष हुन् । यो उमेर समूहबाट एमालेले एक जना पनि महिलालाई चुनावी मैदानमा उतारेको छैन । जालिम मियाँ मन्सुरी एमालेका उम्मेदवारहरूमध्ये सबैभन्दा जेठो उमेरका उम्मेदवार जालिम मियाँ मन्सुरी रहेका छन् । ७८ वर्ष पुगेका मन्सुरीले पर्सा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका हुन् ।
एकातर्फ ७८ वर्षीय मन्सुरी सबैभन्दा पाको उम्मेदवारका रूपमा चुनावी मैदानमा रहँदा अर्कोतर्फ २७ वर्षीय अमनिशकुमार यादव (सर्लाही–४) सबैभन्दा कान्छा उम्मेदवार बनेका छन् । एमालेको उम्मेदवारी सूचीमा ४० वर्षमुनिका १३ जना मात्रै छन् । ४० मुनिका १३ जनामध्ये चार जना महिला उम्मेदवार छन् ।