मुख्य समाचार
दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा
दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

— दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ। सडकमा अलपत्र मानिसहरुलाई आश्रम तथा परिवारमा पुनर्मिलन गराएर बुधबार दाङलाई सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो ।

घोराहीमा कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले दाङलाई सडकमा आश्रित मानवमुक्त जिल्ला घोषणा गरेका छन्।

सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार रसामाजिक संघसंस्थाहरुको सहकार्यमा दाङलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको उनले बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माले सरोकारवालाहरुलाई मानवताप्रति प्रतिबद्ध हुने शपथग्रहण गराएकी थिइन्। बेवारिसे अवस्थामा भेटिने मानिसलाई मानव सेवा आश्रममा संरक्षण गर्न थालिएको छ।

दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका,राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाले अभियान सफल बनाएर सडक मानवमुक्त घोषणा गरेका हुन् ।


यस अभियानमा जोडिएर नीलसागर मानव सेवा आश्रम देउखुरी, मानव कल्याण सेवा समाज नारायणपुर र मानव सेवा आश्रम तुलसीपुरले सडक मानवहरुको उद्धार तथा पारिवारिक पुनर्मिलन गराउने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम