मुख्य समाचार
इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ
इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ

— इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको लगत संकलन गरी पेश गर्न निर्देशन दिएको हो ।

२४ भदौमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सिंहदरबारस्थित प्रमुख प्रशासनिक भवन (प्रधानमन्त्री कार्यालय)सहित गृह मन्त्रालय पनि जलेको थियो । सो घटनामा गृह मन्त्रालयका महत्वपूर्ण दस्तावेजहरू जलेका थिए । त्यसक्रममा हातहतियार तथा गोलीगठ्ठासम्बन्धी अभिलेखसमेत नष्ट भएका थिए । गृह मन्त्रालयका एक अधिकारीका अनुसार विगतमा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका हतियारको संख्या करिब ३५ हजार हाराहारीमा छ । ती अभिलेखको केन्द्रीकृत विवरण अद्यावधिक गर्न २ माघमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी विवरण पठाउन भनेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार हतियारको एकीकृत अभिलेख संकलन गर्नुका साथै आसन्न निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण केन्द्रमा पठाउन निर्देशन दिइएको हो । गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको केन्द्रीय कमाण्ड पोस्टको बैठकले हतियारको एकीकृत लगत अद्यावधिक गरी गृह मन्त्रालयमा बुझाउन तथा इजाजतप्राप्त हतियार प्रशासनमा बुझाउने गरी सर्वसाधारणलाई सम्बन्धित जिल्लाबाट सार्वजनिक अपील गर्न निर्णय गरेको छ । त्यस्तै, सर्वसाधारणले इजाजत लिएर राखेका हतियार तथा त्यसका गोलीगठ्ठा संकलन गर्न पनि निर्देशन दिइएको उनको भनाइ छ । गृहको निर्देशनपछि कतिपय जिल्ला प्रशासन कार्यालयहरूले हतियार बुझाउन सार्वजनिक सूचना जारी गरिसकेका छन् ।

जेन–जी आन्दोलनअघिसम्म प्रशासनबाट अनुमति लिएर करिब ३६ हजार हातहतियार सर्वसाधारणले राखेका थिए । तीमध्ये पेस्तोल, रिभल्वर, भरुवा बन्दुक, १२ बोर बन्दुक, २२ बोर बन्दुक, एयरगनलगायत दर्जनभन्दा बढी किसिमका हतियार छन् । तीमध्ये कतिपयको नवीकरण नभएको, कतिपयको इजाजत रद्द भइसकेको अवस्थामा पनि हतियारको अद्यावधिक विवरण संकलन नहुँदा उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पुनः विवरण अद्यावधिक तथा इजाजतको अवस्थाबारे जानकारी संकलन गर्न लागिएको जनाइएको छ ।

गृह मन्त्रालयबाट १२ बोर, २२ बोर र भरुवा बन्दुकको इजाजत लिने संख्या बढी रहेको छ । रिभल्वर, पेस्तोललगायत हतियार लिनेको संख्या पनि उल्लेख्य रहे पनि यसको नियमन, अनुगमन र प्रयोगबारे प्रशासनबाट पर्याप्त निगरानी नहुँदा दुरुपयोग हुन सक्ने जोखिम रहेको छ । इजाजतप्राप्त हतियार तोकिएका शर्तविपरीत प्रयोग वा बोकेर हिँड्न पाइँदैन । सार्वजनिक स्थलमा त्यस्ता हतियार लिएर हिँड्नसमेत निषेध गरिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्ड बुद्धशान्ति गाउँपालिका–३, झापाका दीपक खड्का ५ चैत २०८० मा इजाजतप्राप्त हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए । त्यसपछि इजाजतप्राप्त हतियारको दुरुपयोग कसरी भइरहेको छ भन्ने विषयमा बहस सुरु भएको थियो । सोही क्रममा देशभरबाट विवरण संकलन गर्दा करिब ३४ हजार हतियार इजाजत लिएर राखिएको पाइएको थियो । पछिल्लो समय आसन्न निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै गृह मन्त्रालयले पुनः एकीकृत विवरण संकलन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण