मुख्य समाचार
आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका ४९ जनाले नाम फिर्ता लिएका छन्
आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका ४९ जनाले नाम फिर्ता लिएका छन्

— आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका ४९ जनाले नाम फिर्ता लिएका छन् ।

शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारीबाट नाम फिर्ता लिनेको संख्या ४९ पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उम्मेदवारी फिर्ता लिने समय शुक्रबार ५ बजेसम्मका लागि तोकिएको छ ।

२१ फागुनमा प्रतिनिधिसभाका ११० समानुपातिक र १६५ सिटमा प्रत्यक्षतर्फको निर्वाचन हुँदै छ। त्यसमध्ये १३ र १४ पुसमा समानुपातिकको बन्दसूची दलहरुले बुझाएका थिए । ६ माघमा देशभर प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गरिएकामा उम्मेदवारी फिर्ता गर्ने समय शुक्रबार तोकिएको छ ।

हालसम्म पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण