मुख्य समाचार
हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन्
हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन्

— शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ ।

हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् ।

सिकारी ताल, रानी ताल, बाबा ताल, सलगौरी ताल, राधापुर सिमसार क्षेत्र, महाकाली नदी, चौधर नदी तटीय क्षेत्र तथा निकुञ्ज बाहिरको पुरैनी ताल, रतनपुर सिमसार क्षेत्र र बन्दा ताललगायत क्षेत्रमा जलपन्छी गणना गरिएको हो । गत वर्ष करिब २१ हजार आठ सयको हाराहारीमा जलपन्छी गणना गरिएको थियो । यस वर्षको गणनामा सिकारी ताल र पुरैनी तालमा सबैभन्दा बढी जलपन्छी देखिएका छन् ।

नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) का वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार गणनाका क्रममा महाकाली नदीमा ६४५, रानी तालमा २२७, राधापुर सिमसार क्षेत्रमा २१२, रतनपुर फार्मल्यान्डमा ६१८, तारातालमा ४५०, कालिकिचमा ५३, सिकारी तालमा सबैभन्दा बढी २० हजार ९४९, पुरैनी ताल बेलौरीमा एक हजार ५५४, नकैया सिमसारमा ७०, गडविजुला तालमा १३० र बन्दा ताल बेलौरीमा २८१ जलपन्छी देखिएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, जेडएसएल शुक्लाफाँटा नेपाल, नेपाल पन्छी संरक्षण सङ्घ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमाली प्रकृति, आरडब्लु, नेचर गाइड एसोेसिएसन, रानाथारू होमस्टे, कञ्चनपुर पन्छी संरक्षण समूह र नेपाल पन्छीविद् सङ्घको संयुक्त सहभागितामा जलपन्छी गणना गरिएको हो ।


चराविज्ञ हिरुलाल डगौंराले विगतका वर्षको तुलनामा निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको देखिएको बताए । पुरैनीताल, बन्दाताल र रानीताल मिचाहा प्रजातिका वनस्पतिका कारण क्रमशः पुरिँदै जान थालेकाले संरक्षण अत्यावश्यक रहेको उनले बताए ।



डगौंराका अनुसार यस वर्ष महाकाली नदीमा पानीको बहाव कम देखिएको छ भने निकुञ्जभित्रको रानी तालमा नकर्ट, जलकुम्भी जस्ता वनस्पति फैलिँदा तालको सौन्दर्य घट्दै गएको छ । यद्यपि, सिकारी तालमा जलपन्छीको उपस्थिति अघिल्ला वर्षको तुलनामा निकै राम्रो देखिएकाले उत्साहजनक रहेको उनको भनाइ छ ।

'चराको सङ्ख्या बढे पनि बासस्थान भने सङ्कटमा पर्दै गएको छ,' उनले भने, 'सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन र जलवायु परिवर्तनका कारण जलपक्षीको बासस्थानमा चुनौती थपिएको छ ।'

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनयकुमार झाले तालहरूको निरन्तर संरक्षणका कारण जलपन्छीको सङ्ख्यामा सुधार देखिनु सकारात्मक सङ्केत भएको बताए । उनले सिमसार र चराचुरुङ्गीलाई संरक्षणमा मात्र सीमित नराखी पर्या–पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

'तालहरूको प्राकृतिक स्वरूप नबिग्रने गरी वैज्ञानिक व्यवस्थापन गर्दै चरा र सिमसारलाई पर्यटनको माध्यम बनाउनु आवश्यक छ,' उनले भने, 'चरा अवलोकनका लागि पर्यटक आउने ठूलो सम्भावना रहेकाले यसको व्यापक प्रचार–प्रसारसँगै संरक्षणमा सबै पक्षको सहकार्य अपरिहार्य छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण