मुख्य समाचार
बाबुराम भट्टराईले संसदीय निर्वाचनमा सहभागी भएर संसद मात्र हुनु भन्दा सबैको चाहना वमोजिम अभिभावकबन्न उम्मेदवारी फिर्ता लिएको बताएका
बाबुराम भट्टराईले संसदीय निर्वाचनमा सहभागी भएर संसद मात्र हुनु भन्दा सबैको चाहना वमोजिम अभिभावकबन्न उम्मेदवारी फिर्ता लिएको बताएका

— पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसदीय निर्वाचनमा सहभागी भएर संसद मात्र हुनु भन्दा सबैको चाहना वमोजिम अभिभावकबन्न उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएपछि सामाजिक सञ्जाल फेसबुक लाइभबाट भट्टराईले बाहिरै रहेर दलहरुलाई सघाउने बताए।

‘मुलक तीब्र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु जरुरी छ, यस्तो अवस्थामा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्र हुनु भन्दा सबै साथीको चाहना बमोजिम बाहिर रहेर दलहरुलाई सघाउने, आवश्यक पर्दा देशको विभिन्न रुपको अभिभाव बन्नु उपयुक्त हुन्छ ठानेर उम्मेदवारी फिर्ता लिएँ,’ उनले भनेका छन् ।

आगामी दिनमा पनि राजनीतिक दल, अग्रगामी दलले चाहे अनुसार सहयोग गर्ने उनको भनाई छ । ‘अग्रगामी दलले चाहे अनुसार नै सहयोग गर्न लागिरहने प्रतिवद्धतना जनाउँछु,’ उनले भने ।

भोली बन्ने सकारलाई विभिन्न ढंगले सल्लाह सुझाव दिएर भूमिका निर्वाह गर्दा पनि उपयुक्त हुने लागेर उम्मेदवारी फिर्ता लिएको पनि उनले बताए ।


भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट गोरखा २ मा उम्मेदवारी दिएका थिए। उनीसँगै प्रलोपाबाट गोरखा–१ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण