— रौतहटको राजदेवी नगरपालिका १ पथरा स्कुलनजिक गौर पिपरा भित्री सडक खण्डमा शुक्रबार दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुबै मोटरसाइकल चालकको मृत्यु भएको हो । गंगापिपराबाट गौर आउँदै गरेको प्र २-०३-०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बिआर ३० एएफ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठाेक्किएको हो।
दुर्घटनामा प्र २-०३-०१८ प ३३४६ नम्बर मोटरसाइकल चालक रौतहट दुर्गाभगवती गाउँपालिका २ पिपरा बजारका ३० वर्षीय अशोक महतो र भारतीय नम्बरको मोटरसाइकलका चालक राजदेवी नगरपालिका २ हजमिनियाका २९ वर्षीय अरबिन्द महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गौरका डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिए पनि त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरेको थियो।