मुख्य समाचार
रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता
रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता

— रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।

अमेरिकामा बसेर प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएकी उनले विदेशको स्थायी आवास अनुमति पत्र (पीआर) त्यागेकोसमय तीन महिना नपुगेकाले उमेदवारी रद्द हुने जानकारी निर्वाचन आयोगको कार्यालयले दिएको थियो ।


आयोगको जानकारीपछि थापाले विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवास अनुमति (पीआर) परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था रहेको र सो अवधि पूरा नभएकाले उम्मेदवारी फिर्ता लिएको जनाएकी छन्। ‘मलाई निर्वाचन आयोगबाट नभई आफ्नो पार्टी राप्रपाबाट मनोनयन फिर्ता लिन अनुरोध आएपछि यो निर्णय गरेकी छु,’ उनले भनिन्, ‘संविधानको मर्म र भावनाअनुसार चल्नु मेरो कर्तव्य हो ।’

अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको पनि उनले स्पष्ट पारेकी छन्।



उम्मेदवारी फिर्ता लिए पनि देशसेवाप्रतिको प्रतिबद्धता कायमैरहने उल्लेख गर्दै उनले राजनीति भित्र वा बाहिर रहेर प्रविधि, उद्यमशीलता,युवा तथा महिला सशक्तिकरण र सुशासनका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। कर्भिका राप्रपा नेता निरन्जन थापाकी छोरी हुन् ।

रूपन्देही-२का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले पनि थापाले पार्टीको पत्रसहित उमेदवारी फिर्ताको निवेदन दिएको बताए । ‘कर्भिका थापाको फिर्ता भएको र सार्वभौम नागरिक पार्टीकी कमलादेवी गुरूङको उम्मेदवारी खारेज भएको छ,’ उनले भने, ‘उम्मेदवारी दिएका ४१ मध्ये ३९ जनाको उम्मेदवारी कायम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण