मुख्य समाचार
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन्
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन्

— कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पदबहाली गरेपछि पार्टीको माइन्यूट गर्ने रजिस्टरमा थापाले उक्त संकल्प गरेका हुन् । उनले लेखेका छन्, 'बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ- देशको समुन्नति ।'

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्री पदको उम्मेदवार बनाएर जाने निर्णय गरेको छ । उक्त बैठकपछि थापाले सञ्चारकर्मीहरुसँग कांग्रेस विशेष महाधिवेशनबाट जनभावनाअनुसार बदलेर आएको बताए । उनले आगामी दिनमा देशको दिशा बदल्ने नीति लिने बताए ।

थापा गत पुस २७ देखि ३० सम्म भएको विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पहिलोपटक शुक्रबार पार्टी कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण