मुख्य समाचार
चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ
चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ

— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् ।

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्‍याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी र जुलिया मिल्नरको भर्गो एलआई जस्ता अमेरिकी लगानीकर्ताले खरिद गरेका छन् । योसँगै अमेरिकाको टिकटक इकाइ बाँकी देशको भन्दा फरक भएको छ ।

अन्य सोसल मिडिया प्लाटफर्मको भन्दा फरक र प्रभावशाली मानिने टिकटकको अल्गोरिदम अमेरिकामा अब नयाँ तरिकाले तयार पारिने बीबीसीले जनाएको छ । अमेरिकी इकाइमा अमेरिकी प्रयोगकर्ताहरूको डेटा मात्र प्रयोग गरिनेछ, अन्य देशको डेटा मिसाइने छैन । ‘अधिकांश अमेरिकी स्वामित्व रहेको यस संयुक्त लगानीको कम्पनीले तोकिएको सुरक्षा मापदण्डभित्र रहेर काम गर्नेछ, यसले अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षा, अल्गोरिदम सुरक्षा, कन्टेन्ट मोडरेसन र सफ्टवेयर सुनिश्चितताका लागि विशेष ध्यान दिनेछ,’ बाइटडान्सले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

संयुक्त लगानीको नयाँ इकाइको नेतृत्व प्रमुख कार्यकारी अधिकृत एडम प्रेसेर, चिफ सेक्युरिटी अफिसर विल फ्यारेलले गर्ने सीएनएनले जनाएको छ । अमेरिकी टिकटकको बोर्ड सदस्यमा भने कम्पनीका सीईओ सोउ जी चिउ, ओर्‍याकल प्रमुखको सचिवालयका कार्यकारी उपाध्यक्ष केनेथ ग्लुएकलगायत रहने तय भएको छ ।

बाइटडान्सले अमेरिकामा रहेको आफ्नो सञ्चालन अमेरिकी लगानीकर्ताहरूलाई नबेचेको भन्दै सन् २०२५ को जनवरीमै यस एपमाथि केही दिन प्रतिबन्ध लगाइएको थियो । टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै गत वर्षको जनवरी १९ मा अमेरिकामा केही घण्टा टिकटक चलेन । तर, जनवरी २० मा राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेकै दिन उनले टिकटकका लागि ९० दिनको समयसीमा थपिदिए ।

अमेरिकामा टिकटकसम्बन्धी विवाद सन् २०१९ देखि सुरु भएको हो । विशेषगरी प्रयोगकर्ताको डाटा सुरक्षा र चिनियाँ सरकारसँगको सम्बन्धलाई लिएर अमेरिकाले यसलाई ‘राष्ट्रिय सुरक्षा खतरा’ का रूपमा हेर्न थालेको थियो । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने पहिलो कार्यकारी आदेश जारी गरेका थिए । त्यो बेला उनले बाइटडान्सलाई ४५ दिनभित्र आफ्नो अमेरिकी व्यापार बिक्री गर्न अल्टिमेटम नै दिए ।

सो प्रतिबन्धविरुद्ध टिकटक अदालत गएपछि संघीय अदालतले ट्रम्पको उक्त आदेशलाई तत्काल कार्यान्वयन नगर्न ‘स्टे अर्डर’ जारी गर्‍यो । सन् २०२४ मा राष्ट्रपति जो बाइडेनले ‘प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एड्भर्सरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट’ नामक कानुनमा हस्ताक्षर गर्दै टिकटकलाई आफ्नो अमेरिकी स्वामित्व बेच्न ९ महिनाको समय दिए । नबेचेमा २०२५ को जनवरी १९ देखि अमेरिकामा टिकटक पूर्ण रूपमा प्रतिबन्ध हुने व्यवस्था गरियो ।



जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथ लिने बेलामै उनले टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयन मिति ७५ दिनसम्म स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । सन् २०२५ भर उनले कुल ४ पटक प्रतिबन्ध कार्यान्वयनको मिति सारेका थिए । अमेरिकामा १७ करोडभन्दा बढी प्रयोगकर्ता र लाखौँ साना व्यवसायीहरू टिकटकमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...