मुख्य समाचार
सानो थिमिस्थित बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण
सानो थिमिस्थित बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण

— भक्तपुरको सानो थिमिस्थित बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण गरिएको छ ।

उनीहरुलाई काठमाडौं र भक्तपुरका विभिन्न प्रहरी हिरासतका बाल निगरानी कक्षमा राखिने प्रहरीले जनाएको छ । झडपपछि भएको आगजनी र तोडफोडपछि सुधारगृहभित्रका सबै संरचनामा क्षति पुगेका कारण बस्न सक्ने अवस्था नरहेपछि केही समयका लागि उनीहरुलाई सारिएको हो ।

झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । गएराति पौने १० बजेदेखि भएको झडपमा २० जना प्रहरीसमेत घाइते भएका छन् । नेपाल कोरिया मैैत्री नगरपालिका अस्पतालमा उपचार गराएका ७ जना डिस्चार्ज भएका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार केही बालबिज्याइँकर्ताले कुटपिट गरी घाइते बनाएर सुधारगृह तोडफोड गरी आगजनी गरेका थिए । गएराति नै दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधारगृहभित्रबाटै प्रहरीमाथि ढुंगामुडा भएको थियो ।

१ सय ६९ बालबिज्याइँकर्ता रहेको सुधारगृृहमा १८ वर्षभन्दा माथिका करिब ८४ जना रहेका प्रहरीले जनाएको छ । जसमा २४ जना बालिकासमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५४ जना ६० वर्षभन्दामाथिका उमेर समूहका व्यक्तिलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेका कूल उम्मेदवारमध्ये करिब ३३ प्रतिशत हिस्सा ६० वर्ष काटिसकेका नेताहरूको रहेको छ । ६० वर्षमाथिका यी ५४ जना उम्मेदवारहरू सबै पुरुष हुन् । यो उमेर समूहबाट एमालेले एक जना पनि महिलालाई ...
— कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । 'देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो,' ...
— कांग्रेस सभापति गगनकुमार थापाले उम्मेदवार चयनमा केही कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो नहुने दाबी गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले माघ ४ गते उम्मेदवार छान्न थाल्नु र ६ गते दर्ता गर्नुपर्ने दबाबका कारण केही कमजोरी भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । ‘विशेष महाधिवेशनमा पेस गरेको दस्ताबेजअनुसार उम्मेदवार चयन गर्न ...
— एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक धारणाप्रति चिन्तित बनेको बताएका छन् । अध्यक्ष एवं आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा-५ का उम्मेदवार रहेका ओलीसँग कान्तिपुरले लिएको अन्तर्वार्ताको केही प्रसंगमा भट्टराईले असहमति प्रकट गरेका हुन् । आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका थिए, 'सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको ...
— जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभित्र व्यत्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त तथा अवैध हातहतियार बुझाउन आग्रह गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि हातहतियार बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रहरी वा नजिकको प्रहरी इकाईमा माघ २० गतेसम्म हातहतियार बुझाउन सूचना मार्फत आग्रह गरिएको छ ...