मुख्य समाचार
युरोपेली देशमाथि भन्सार शुल्क बढाउने चेतावनीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन्
युरोपेली देशमाथि भन्सार शुल्क बढाउने चेतावनीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन्

— युरोपेली देशमाथि भन्सार शुल्क बढाउने चेतावनीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् । उनले यसअघि ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो योजनामा असहमत हुने युरोपेली देशमाथि भन्सार शुल्क वृद्धि गर्ने योजना गरेका थिए ।



१ फेब्रुअरीदेखि ती देशबाट आउने सामाग्रीमा १०प्रतिशत भन्सार लगाइने र उक्त शुल्क वृद्धि भएर २५ प्रतिशतसम्म पुग्नसक्ने उनको चेतावनीथियो ।

तर, बुधबार उत्तर एटलान्टिक सन्धी संगठन(नेटो) का महासचिव मार्क रुट्टीसागको भेटपछि उनले भन्सार वृद्धि गर्ने कुनै योजनानरहेको बताए ।

उनले ग्रिनल्यान्ड रआर्कटिक क्षेत्रको भविष्यको सहमतिबारे साझा आवधारणा बनाउने विषयमा नेटोका महासचिवसँगछलफल भएको जानकारी सामाजिक सञ्जाल ट्रुथमार्फत दिएका छन् ।

उनले यस अवधारणाबारे बिस्तृतमा केही बताएनन् । ‘यदीयो समाधान निकाल्न सकियो भने अमेरिका र सबै नाटो सदस्य राष्ट्रका लागि महान्उपलब्धि हुनेछ,’ स्विचरल्यान्डको डाभोसमा विश्व आर्थिक फोरमकोसाइडलाइनमा रुट्टीसँग भेटपछि ट्रम्पले लेखेका छन् ।

यस अवधारणाले सुरक्षा, स्रोत–साधनर सबै विषयमा सम्बोधन गर्ने उनले दाबी गरेका छन् । डेनमार्कका विदेशमन्त्री लार्स लोक्कीरोस्मुसेनले यस भेटवार्ताले राम्रो संकेत गरेको बताएका छन् ।



'सुरुहुँदाको भन्दा राम्रोगरी दिनको अन्त्य हुँदैछ,' उनले जारी गरेकोविज्ञप्तिमा भनिएको छ,‘अब आर्कटिकमा डेनमार्क अधिराज्यको सीमालाईमध्यनजर गर्दै अमेरिकी सुरक्षा चासो सम्बोधन गर्ने बाटो कसरी खोज्ने भन्नेबारेवार्ता गरौं ।'

अमेरिकी सञ्चारमाध्यमहरुले ग्रिनल्यान्डमाअमेरिकाका थप सैन्य अड्डाहरु निर्माण गर्ने योजना बन्नसक्ने बताएका छन् । डेनमार्कर अमेरिकाबीचको विद्यमान सम्झौताअनुसार ग्रिनल्यान्डमा अमेरिकाले चाहेजति सेनालाईल्याउनसक्छ । अहिले ग्रिनल्यान्डस्थित पिटुफिक बेसमा १ सय हाराहारीमा अमेरिकीसुरक्षाकर्मी स्थायी रुपमै बसेका छन् ।

डेनमार्कको सदनमा ग्रिनल्यान्डका दुईमध्ये एक सांसद्ले आफ्नो टापुको मिनिरल्स र स्रोत–साधनबारेनाटोसँगको वार्ताको औचित्यबारे प्रश्‍न उठाएकी छिन् ।

'ग्रिनल्यान्डकोसहमति नलिई अन्य पक्षसँग ग्रिनल्यान्डबारे वार्ता गर्ने अधिकार नाटोलाई छैन । हामीबिना हाम्रो विषयमा केही पनि निर्णय हुँदैन,' आजा केमनिट्सलेभनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम