मुख्य समाचार
निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ ।
निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ ।

— निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखेका त्यस्ता हातहतियार बुझाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए ।

पाल्पा जिल्लाभित्र व्यक्तिगत रुपमा राखिएका ईजाजत प्राप्त हातहतियार बुधबारदेखि १५ दिनभित्र नजिकको प्रहरी ईकाई वा जिल्ला प्रहरी कार्यालय पाल्पामा अनिवार्य रुपमा बुझाउन प्रशासनले आग्रह गरेको हो।

यसरी बुझाईएका हतियार निर्वाचन कार्य सम्पन्न भएको मितिले एक महिना पश्चात सम्बन्धित धनीले फिर्ता पाउने प्रशासनले जनाएको छ। तोकिएको समय सीमाभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा कानुन बमोजिम कारवाही अगाडी बढाइने सहायक प्रजिअ सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लाको तिलागुफा–९ भात्तडीस्थित स्याउ बगैंचामा आगलागी हुँदा चार जना कृषकका १ सय ३० रुख स्याउ र ८० रुख ओखरका बोट जलेका छन् । बिहीबार बिहान तिला नदीको किनाराबाट सल्किएको आगो गाल्जेपारिको पाखो हुँदै भात्तडीको स्याउ बगैंचामा पुगेर स्याउ, ओखर र २५ खात खर (सुख्खा घाँस)मा सल्किएको स्थानीय जितेन्द्रबहादुर शाहीले बताए । आगलागीबाट तिलागुफा–६ जुविथाका स्याउ बगैंचामा ...
— संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु गरिएको छ । खाँदबारी नगरपालिका–४ को छ्याङकुटीदेखि खाँदबारी–१० र ११ को सिमानामा पर्ने बतासेडाँडासम्म ९८ लाखको लागतमा साढे ११ किलोमिटर लामो पदमार्ग निर्माणको बुधबार औपचारिक शिलान्यास गरिएको हो । खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले एक कार्यक्रमका बीच पदमार्ग निर्माणको शिलान्यास गरे । नगरप्रमुख ...
— मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए । उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको भट्टराईको दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ...
— दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज ...
— निर्वाचन आयोगले रास्वपा उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ । दोलखाका उम्मेदवार खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न बिहीबार पत्र काटेको हो ।