मुख्य समाचार
अब नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नुअगावै दुई देशले एकअर्कामा सूचना आदानप्रदान गर्नुपर्ने
अब नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नुअगावै दुई देशले एकअर्कामा सूचना आदानप्रदान गर्नुपर्ने

— अब नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नुअगावै दुई देशले एकअर्कामा सूचना आदानप्रदान गर्नुपर्ने भएको छ । भारतको नयाँदिल्लीमा बुधबार नेपाल र भारतबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसलाई ‘नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नुअगावै सूचना आदानप्रदान गर्नेसम्बन्धी समझदारी’ नाम दिइएको छ । नेपाल र भारतबीच यस्तो सम्झौता पहिलो पटक भएको हो ।

समझदारीपत्रमा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरे ।

समझदारीपत्रको शीघ्र कार्यान्वयनका लागि सीबीआईसीका अध्यक्ष विवेक चतुर्वेदीले प्रतिबद्धता व्यक्त गरे । समझदारीपत्र आदानप्रदान कार्यक्रममा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशकसहित चार जना र भारतका तर्फबाट सीबीआईसीका अध्यक्ष तथा अन्य सदस्यसहितको उपस्थिति थियो ।

समझदारीपछि दुवै देशको भन्सार प्रशासनबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने तथा निकासी हुने वस्तुको आगमन पूर्वतथ्यांक आदानप्रदान हुनेछ । निकासी तथ्यांक प्राप्त भएपछि सम्भावित जोखिम नियमन तथा विश्लेषण गर्न सकिन्छ । यसले सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपासलाई छिटोछरितो र सहज बनाउन सहयोग पुग्ने भन्सार विभागले जनाएको छ ।

यो सम्झौतापछि आयातनिर्यातका वास्तविक तथ्यांक आदानप्रदान हुने भएकाले व्यापारमा छलछाम र राजस्व छली नियन्त्रण हुने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बताए । ‘यो हाम्रो निकै पहिल्यैदेखिको माग र प्रयास हो । जसले अहिले सार्थकता पायो,’ उनले भने, ‘यो अन्तरदेशीय तथ्यांक आदानप्रदान गर्ने अवधारणा हो । अब भन्सार छली, राजस्व चुहावट नियन्त्रणलगायत धेरै समस्या समाधान हुन्छ ।’

अब न्यून बिजकीकरण, एउटा वस्तु देखाएर अर्को भित्र्याउनेलगायत विकृतिमा नियन्त्रण हुने प्रवक्ता पाण्डेले बताए । वस्तुको आगमनपूर्व सूचना आदानप्रदान गर्दै जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकबीच निकासी गरिने वस्तुको अग्रिम रूपमा तथ्यांक आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।



नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक भारतसँग निकासी गर्ने वस्तुको तथ्यांक अग्रिम रूपमा आदानप्रदान गर्ने व्यवस्था गर्न भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड र भन्सार विभागको सहकार्यमा समझदारीपत्रको मस्यौदा तयार गरिएको थियो । मस्यौदाउपर सबै सरोकारवालासँग छलफल गरी समझदारीपत्रलाई अन्तिम रूप दिइएको थियो । समझदारीपत्र नेपाल सरकार (मन्त्रिपरिषद्) ले स्वीकृत गरी भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो । यसका आधारमा बुधबार हस्ताक्षर गरिएको हो ।

‘समझदारीपत्रमा जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्यांक आदानप्रदान गर्ने, सूचनाको उपयोग समझदारीपत्र अनुकूल मात्र गर्ने समझदारी सम्झौतामा उल्लेख छ,’ भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लाको तिलागुफा–९ भात्तडीस्थित स्याउ बगैंचामा आगलागी हुँदा चार जना कृषकका १ सय ३० रुख स्याउ र ८० रुख ओखरका बोट जलेका छन् । बिहीबार बिहान तिला नदीको किनाराबाट सल्किएको आगो गाल्जेपारिको पाखो हुँदै भात्तडीको स्याउ बगैंचामा पुगेर स्याउ, ओखर र २५ खात खर (सुख्खा घाँस)मा सल्किएको स्थानीय जितेन्द्रबहादुर शाहीले बताए । आगलागीबाट तिलागुफा–६ जुविथाका स्याउ बगैंचामा ...
— संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु गरिएको छ । खाँदबारी नगरपालिका–४ को छ्याङकुटीदेखि खाँदबारी–१० र ११ को सिमानामा पर्ने बतासेडाँडासम्म ९८ लाखको लागतमा साढे ११ किलोमिटर लामो पदमार्ग निर्माणको बुधबार औपचारिक शिलान्यास गरिएको हो । खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले एक कार्यक्रमका बीच पदमार्ग निर्माणको शिलान्यास गरे । नगरप्रमुख ...
— मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए । उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको भट्टराईको दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ...
— दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज ...
— निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखेका त्यस्ता हातहतियार बुझाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । पाल्पा जिल्लाभित्र व्यक्तिगत रुपमा ...