— कर्णाली प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउने निर्णय भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन १८ गते दिउँसो १ बजे आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
गत भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा आगजनी भएपछिको यो सभाको पहिलो बैठक हुनेछ ।
सभामा आगजनीबाट क्षती भएकोले हिउँदे अधिवेशन सूचना प्रविधि कक्षबाट सञ्चालन गर्ने गरि तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।