मुख्य समाचार
कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने
कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

— नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय आउनेछ । ‘हामी देशभर नयाँ र नविन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौं,’ प्रवक्ता चालिसेले भने ।

उनका अनुसार विशेष महाधिवेशनको म्यान्डेट तथा सुशासन र विकासको मागसहित उठेको जेन–जी आन्दोलनको सन्देशलाई समेत सम्बोधन गर्ने गरी कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने तयारीमा छ । ‘भोट हालिसकेपछि प्रधानमन्त्री को हुन्छ भन्ने विषयमा मतदातालाई पहिल्यै स्पष्ट जानकारी दिने हाम्रो रणनीति हो,’ उनले भने ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो। सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिए ।

यद्यपि सभापति निर्वाचित भएपछिका पहिलो र दोस्रो केन्द्रीय कार्यसमिति बैठक तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि गठित संसदीय बोर्डको बैठक पार्टी केन्द्रीय कार्यालयमा नबसी बाहिर नै बसेका थिए। थापा नेतृत्वको कार्यसमिति आज पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गरी पदबहाली गर्ने कार्यक्रम समेत रहेको छ । ‘आजदेखि केन्द्रीय कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बस्छ,’ प्रवक्ता चालिसेले भने ।

उनका अनुसार केन्द्रीय कार्यसमितिलाई आज निर्वाचन समितिले औपचारिक रुपमा प्रमाणपत्र समेत प्रदान गर्नेछ।


फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अन्य राजनीतिक दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

कांग्रेसभित्र भने विशेष महाधिवेशन आह्वानका क्रममा गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको पहलप्रति तत्कालीन सभापति शेरबहादुर देउवा समूहले असहमति जनाएको थियो । उनीहरूको असहमतिका बीच सम्पन्न भएको विशेष महाधिवेशनबाट गठित नयाँ समितिले पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लाको तिलागुफा–९ भात्तडीस्थित स्याउ बगैंचामा आगलागी हुँदा चार जना कृषकका १ सय ३० रुख स्याउ र ८० रुख ओखरका बोट जलेका छन् । बिहीबार बिहान तिला नदीको किनाराबाट सल्किएको आगो गाल्जेपारिको पाखो हुँदै भात्तडीको स्याउ बगैंचामा पुगेर स्याउ, ओखर र २५ खात खर (सुख्खा घाँस)मा सल्किएको स्थानीय जितेन्द्रबहादुर शाहीले बताए । आगलागीबाट तिलागुफा–६ जुविथाका स्याउ बगैंचामा ...
— संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु गरिएको छ । खाँदबारी नगरपालिका–४ को छ्याङकुटीदेखि खाँदबारी–१० र ११ को सिमानामा पर्ने बतासेडाँडासम्म ९८ लाखको लागतमा साढे ११ किलोमिटर लामो पदमार्ग निर्माणको बुधबार औपचारिक शिलान्यास गरिएको हो । खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले एक कार्यक्रमका बीच पदमार्ग निर्माणको शिलान्यास गरे । नगरप्रमुख ...
— मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए । उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको भट्टराईको दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ...
— दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज ...
— निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखेका त्यस्ता हातहतियार बुझाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । पाल्पा जिल्लाभित्र व्यक्तिगत रुपमा ...