मुख्य समाचार
नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार
नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार

। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ ।

बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४१ रन बनाए । लोकेश बमले २५ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए । गुल्शन झाले १७ अनि सोमपाल कामीले १६ रन बनाए ।

श्रीलंका ‘ए’ का लागि नुवान थुसाराले ३ विकेट लिए । चमिका करुणारत्‍ने र दुशान हेमन्थाले २-२ तथा ट्राभिन म्याथ्यु र दुलाज समुदिथाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । लाहिरु उडाराले ९३ रन बनाए भने लासिथ क्रसपूलले ५३ रन बनाए । सहान अराकिगे ५५ रनमा अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १३ रन दिएर २ विकेट लिए भने नन्दन यादवले ४ ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए ।

अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली पहिलो खेलमा पनि पराजित भएको थियो । नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल शनिबार हुनेछ ।

त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्। सन्दीपले बुधबार आफ्नो नाम दर्ता गराएका हुन् । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराइसकेका छन् । युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ। प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट ...
। छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो । यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा खेलतालिका सार्वजनिक हुँदा महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएको छ । एभरेस्ट भलिबल क्लबले नखेल्ने भएपछि महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएका ...
स्पानिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन लोनमा स्पेनकै अर्को क्लब जिरोनमा जाने भएका छन्
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ । नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यस खेलमा नेपालले दिएको १८६ रनको ...