मुख्य समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादले सिन्धुलीको राजनीति तरंगित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादले सिन्धुलीको राजनीति तरंगित

। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादले सिन्धुलीको राजनीति तरंगित बनेको छ । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हरिबोल गजुरेलले पार्टी निर्णयविरुद्ध उभिँदै सिन्धुली-२ मा बागी उम्मेदवार खडा गरेपछि राजनीतिक माहोल थप तातेको हो।

२०७० र २०७४ सालमा सिन्धुलीबाट प्रतिनिधिसभामा उम्मेदवार बनेर मन्त्रीसमेत भइसकेका गजुरेलले यसपटक आफ्नै पार्टीविरुद्ध उभिएका प्रेस सेन्टरका पूर्वअध्यक्षसमेत रहेका महेश्वर दाहालको प्रस्तावक बनेर उम्मेदवारी दर्ता गराएका छन् । दाहालको समर्थकका रूपमा जिल्ला संयोजक पानीराज बम्जन रहेका छन् ।




विशेषगरी नेकपाका उम्मेदवारको क्षेत्र अदलबदलले विवाद चर्किएको हो । क्षेत्र नम्बर १ बाट सिफारिस भएका दाहाललाई क्षेत्र नम्बर २ बाट टिकट दिइनु नै विद्रोहको कारण बनेको गजुरेलको भनाइ छ ।

‘यो कदम कुनै व्यक्तिगत आकांक्षाभन्दा पनि अस्तित्वको लडाइँ हो । अगाडि जाँदा चट्टान छ, पछाडि पहिरो छ,’ उनी भन्छन्, ‘कि पहिरो पन्छाएर हिँड्नुपर्‍यो कि चट्टान फोडेर । केन्द्रले विधि मिचेर टिकट दिएपछि हामी बागी उठाउन बाध्य भयौँ,’ गजुरेलले भने ।




गजुरेल मात्र होइन, जिल्ला इन्चार्ज बसन्त माझी पनि पार्टीको निर्णयप्रति असन्तुष्ट देखिन्छन् । ‘समस्या व्यक्ति होइन, विधिको हो । निकास पार्टीले निकाल्यो भने हामीलाई केही छैन,’ माझी भन्छन्, ‘तर विधिको विकास हुनुपर्‍यो, सर्वोच्च निकायबाट न्याय हुनुपर्‍यो । हाम्रो माग यति मात्रै हो ।’


उम्मेदवारी दर्तापछि महेश्वर दाहाल प्रस्तावक र समर्थकसँग ।
बागी उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका महेश्वर दाहाल भने आफूले पार्टीकै निर्णय पालना गरेको दाबी गर्छन् । ‘लोकतन्त्र स्वतन्त्रताका लागि हो,’ उनी भन्छन्, ‘म निष्ठा, आदर्श र मूल्यका लागि जेलसमेत गएको व्यक्ति हुँ । तर पार्टी केन्द्रले निरङ्कुशता लाद्न खोजे जस्तो देखियो ।’

दाहाल जिल्ला कार्यदलले सिफारिस गरेअनुसार नै आफू उम्मेदवार बनेको दाबी गर्छन् । ‘जिल्ला कार्यदलले सिफारिस गरेर उम्मेदवारी दिएको हुँ । यसलाई विद्रोह भनिन्छ कि भनिँदैन, आफैँ बुझ्नुस्,’ उनी भन्छन् ।

उता, पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) भने केन्द्रले जिल्लाको सिफारिसअनुसार नै टिकट दिएको बताउँछन् । विगतमा आफ्नो एकल सिफारिस भएर टिकट नपाउँदा पार्टीलाई सहयोग गरेको स्मरण गर्दै उनले यसपटकको बागी उम्मेदवारीलाई व्यक्तिगत असन्तुष्टिको परिणाम भनेका छन् ।

‘२०७० र २०७४ मा आफ्नो एकल सिफारिस हुँदा हरिबोल गजुरेलले टिकट ल्याउनु भो, मैले पार्टीको निर्णय भनेर सहयोग गरें । आफू हुँदा ठिक आफू नहुँदा बेठिक भन्ने त नहोला नि,’ लेखनाथले भने ।

२०७९ मा टिकट पाउँदा पनि गजुरेलको सहयोग नपाएको र यो पटक पनि सुरुमै बागी उठाएको लेखनाथको आरोप छ । ‘आफू चुनाव नउठ्ने भन्ने अनि आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा गर्ने कुरा संस्थागत होइन । सम्भवत: भोलिसम्म फिर्ता लिनुहुन्छ भन्ने अपेक्षा छ,’ लेखनाथ भन्छन्, ‘व्यक्ति केही होइन, मलाई पनि पार्टीले विश्वास गरेर टिकट दिएको हो । पार्टीभन्दा माथि छु भनेर कोही लाग्छ भने के भनौं र ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गराउन जिल्लाभित्र रहेका हातहतियार बुझाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना २०८२ साल माघ १५ गतेभित्र जिल्ला ...
। झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई ...
। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ । निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशबाट १० हजार ७५२ जना माग भएको छ । माग भएको भन्दा ७ हजार ४१२ जनाको बढी आवेदन परेको हो । सुर्खेत जिल्लामा नेपाल प्रहरीबाट १ हजार ६२८ जना सश्स्त्र प्रहरीमा २१२ जना कुल ...
। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई ...