मुख्य समाचार
भरपर्दो सुरक्षा योजना बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन
भरपर्दो सुरक्षा योजना बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन

। भरपर्दो सुरक्षा योजना बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् । आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी प्रहरी परिचालन गर्न कार्कीले निर्देशन दिएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।




कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना संकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।

अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी थप क्रियाशील भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।


साथै हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाइ कार्य गर्न तथा निर्वाचन प्रहरी छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत समसामयिक विषयमा निर्देशन दिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला, प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्ला प्रशासन कार्यालय डोल्पाले हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गराउन जिल्लाभित्र रहेका हातहतियार बुझाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना २०८२ साल माघ १५ गतेभित्र जिल्ला ...
। झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई ...
। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ । निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशबाट १० हजार ७५२ जना माग भएको छ । माग भएको भन्दा ७ हजार ४१२ जनाको बढी आवेदन परेको हो । सुर्खेत जिल्लामा नेपाल प्रहरीबाट १ हजार ६२८ जना सश्स्त्र प्रहरीमा २१२ जना कुल ...
। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् । प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई ...