मुख्य समाचार
जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताए
जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताए

। जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताएकी छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्योल र अनिश्चितताको यात्रामा मनोनयनपछि नयाँ मोड पार गरेको बताएकी हुन् ।

‘जेनजी आन्दोलनपछि देशले भोगेको सङ्क्रमणकाल,अन्योल र डरका बीच लोकतान्त्रिक निकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न हाम्रो र हरेक नागरिकको मनमा थियो,’ उनले भनेकी छन्, ‘तर हिजो, सम्पूर्ण दलहरूले निर्वाचनमा आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका छन् र यसै क्षणबाट आशाको नयाँ ढोका खुलेको छ।’




उनले निर्वाचनको वातावरण बनेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छन् ।

‘यसका लागि धन्यवाद, प्रधानमन्त्रीज्यू। तपाईं त्यो काँध हुनुहुन्छ जसले सिङ्गो देशको भार थामिरहेछ। हजार आलोचना, हजार शंका र हजार बोझका बीच पनि देशलाई ढल्न नदिई उभ्याइरहनुभएको छ,’ उनले भनेकी छन्, अब जिम्मेवारी हाम्रो हो।अब देशको भाग्य जनताकै हातमा छ। सचेत बनौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको बुधबारदेखि शुरू भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन् । उनले भने, ...
। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायकमा सञ्चालित एक पानी उद्योगमा अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । सूर्यविनायक नगरपालिका-९ मा रहेको नन्दीकेश्वर बोतल ब्लोइङ प्रालिले दूषित पानी बिक्री वितरण गरिरहेको भन्ने उजुरीका आधारमा विभागले आकष्मिक निरीक्षण गरेको हो । विभाग प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार २९ पुसमा प्राप्त उजुरीको तत्काल सम्बोधन गर्दै ३० ...
। नेपाल र भारतबीच निकासी गरिने वस्तुको अग्रिम सूचना दिनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार भारत नयाँदिल्लीमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका हुन् । सोही अवसरमा महानिर्देशक भण्डारीले भारतीय पक्षलाई धन्यवाद दिँदै सम्झौतालाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिए । यसले ...
। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्‍यो । आज (बुधबार) फाइलहरू आएपछि उक्त ...
। आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार बुझाउन भनेका हुन् । निर्वाचनका बेला लाइसेन्स प्राप्त हतियारसमेत चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्रशासन हतियार बुझाउन भनेको हो । यसअघि पनि प्रशासनले हरेक निर्वाचनको समयमा लाइसेन्सप्राप्त हतियार बुझाउन ...