। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ ।
नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ ।
यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । त्यस खेलमा नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका ‘ए’ ले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।
अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल शनिबार हुनेछ ।
त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।