मुख्य समाचार
शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताए
शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताए

: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताएका छन्।

दाङको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पारेका हुन्।


उनले भने,'सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन्। जनताले अब त्यस्ता शक्तिलाई होइन देश बनाउनेहरूलाई मत दिन्छन्।'

पोखरेलले विगतका केही आन्दोलन र राजनीतिक गतिविधिमा राष्ट्रिय प्रतीकमाथि भएको आक्रमणलाई राष्ट्रविरोधी कार्यको रूपमा व्याख्या गरे। सिंहदरबार नेपालको केन्द्रीय प्रशासनिक केन्द्र भएकाले त्यसप्रति आक्रमण स्वीकार्य नरहेको उनको भनाइ थियो।

उनले यो निर्वाचनलाई देश निर्माणको महत्वपूर्ण अवसरको रूपमा लिन आग्रह गरे। पोखरेलले अब जनताले अस्थिरता , बारम्बार सरकार परिवर्तन र विनाशकारी राजनीतिलाई अस्वीकार गर्दै विकास , समृद्धि र स्थिरताको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे।

दाङको विकासबारे बोल्दै महासचिव पोखरेलले सडक , शिक्षा , स्वास्थ्य , रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। घोराही र आसपासका क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने उनको भनाइ थियो।

महासचिव पोखरेलले एमाले सधैँ जनताको हित, राष्ट्रिय एकता र देश निर्माणको पक्षमा उभिने पार्टी भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् । बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए ...
: स्याङ्जा प्रहरीले लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ। प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्। तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम ...
— पश्चिम नवलपरासीमा २ जना प्रतिनिधिसभा सदस्यका लागि ५ जना महिला सहित ५७ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी, आम आदमी पार्टीबाट माया कुमारी थापा, राष्ट्रिय जनमोर्चाबाट पार्वता पौड्याल तथा नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल र गङ्गा देवी थारु महतोले मनोनयन दर्ता गराएकी छन् । क्षेत्र ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार बैतडीमा दशवटा राजनीतिक दल र दुईजना स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेका दामोदर भण्डारी,नेपाली कांग्रेसका चतुरबहादुर चन्द,राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्द,नेपाली कम्युनिष्ट पार्टीका परमनन्द ...