मुख्य समाचार
वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त
वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त

: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् ।

बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए । उनी बिर्तामोड- १ स्थित निश्चल बस्नेतको घरमा बसेका थिए । उनीहरुबिच निर्वाचनको समसामयिक विषयमा छलफल भएको हो । उम्मेदवार राना मगरलाई सहयोग गर्नका लागि बालेनसहितको टिम बिर्तामोड आएको एक सहयोगीले बताए।


बालेनले जिल्लामा निर्वाचनको माहौल बनाउन पार्टी नेता तथा कार्यकर्ताहरुसँगै आफ्‌ना शुभचिन्तक र समर्थकहरुसंगको भेटघाटलाई तीव्रता दिएको जनाइएको छ । बिर्तामोडमा भेटघाट सकेर बालेन आफ्नो निर्वाचन क्षेत्र दमकतर्फ लागेका छन् । यस पटक झापा ५ देशभरमै चर्चामा रहेको छ । २०४८ सालदेखि लगातार त्यस क्षेत्रबाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न बालेनले झापा ५ रोजेपछि चुनावी माहौल तातिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि ...
— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ । घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा ...
— प्रहरीले निर्वाचन विरोधी पोस्टर टाँस्दै गरेका एक युवकलाई वीरगन्जबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ भन्सार क्षेत्रमा बस्ने २० वर्षीय विधान पुलामी मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मगरले सार्वजनिक स्थानमा निर्वाचन विरोधी सामग्री टाँसेर वातावरण बिथोल्ने प्रयास गरेको सूचनाका ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू मतदानको आधार नबन्ने स्पष्ट पारेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनाबी आकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताए। उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे। प्रवक्ता ...
ओलीलाई किन दिने मत ? एमालेले अघि सार्‍यो ३५ कारण