मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता

: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ।

मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका डा.धनञ्जय रेग्मी,नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङ, नेकपा एमालेका मीनप्रसाद गुरुङ,मंगोल नेशनल अर्गनाइजेशनबाट यामबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।


नेपाली कांग्रेसका भरतराज ढकाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमसिंह राना, उज्यालो नेपालका रविन्द्र मल्ल, नेकपा माओवादीका सोमबहादुर परियार, प्रगतीशिल लोकतान्त्रिक पार्टीका रनबहादुर परियारलेले उम्मेदवारी दर्ता गराएका हुन। अशोक बिष्ट र मनोज नेपाली दर्जीले भने स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, क्षेत्र नं. २ मा ११ वटा राजनीतिक दल र ४ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ल, नेकपा (एमाले) का खिमबहादुर थापा, नेपाली कम्युनिष्ट पाटीका पदमबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक रहेका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापा,जयमातृ भूमी पार्टीका धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालका तेजबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाका राजेन्द्रप्रसाद गैह्रे,प्रगतीशील लोकतान्तिक पार्टीका टिकाराम रेग्मीले मनोनयन दर्ता गराएका छन्। यसैगरी,दिलिप श्रेष्ठ, खिमबहादुर क्षेत्री,घनश्याम पाण्डे र सागर थापा मगरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार शुक्रबारसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद अमरेशकुमार सिंहले जनताका समस्याबारे राज्य संवेदनशील नभएको बताएका छन् । काभ्रेपलाञ्चोकका वृद्ध दम्पत्तिले उपचार नपाएर सुनकोशी नदीमा आत्मदाह गरेको प्रशंगमा फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद सिंहले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका हुन् । ‘काभ्रेका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोशीमा हाम फालेको सत्य हो भने यो राज्यको लागि ऐना हो,’ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् । राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरे । अध्यक्ष लिङ्देनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने ...
। उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र शुक्रबार सम्पन्न भएको छ । विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन्नति प्रणालीलाई समय सापेक्ष, समावेशी र विश्वविद्यालयको संस्थागत मिसनसँग पङ्क्तिबद्ध बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले यो दुई दिने कार्यशाला आयोजना गरेको हो । कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, ...
। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काठमाडौं घोषणापत्र–२०८३ जारी गरेको छ । महासंघको दोस्रो राष्ट्रिय सम्मेलनले शनिबार २३ बुँदे काठमाडौं घोषणा जारी गरेको हो । घोषणापत्रमा आदिवासी जनजातिको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनदेखि मातृ पार्टी कांग्रेसको विधान संशोधनसम्मका माग अघि सारिएको छ । महासंघले राज्यका सबै तहमा ...