मुख्य समाचार
निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता
निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता

: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार बैतडीमा दशवटा राजनीतिक दल र दुईजना स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।


नेकपा एमालेका दामोदर भण्डारी,नेपाली कांग्रेसका चतुरबहादुर चन्द,राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्द,नेपाली कम्युनिष्ट पार्टीका परमनन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीमोहन भण्डारी,नेपाल मजदुर किशान पार्टीका नवराज कोइराला, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रामबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।


यस्तै आम जनता पार्टीका विशन सिंह बोहरार जनता समाजवादी पार्टीका आन सिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । दुई जनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस परित्याग गरेका तेजबहादुर चन्द र अर्का स्वतन्त्र व्यक्ति जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

अरू सबैले स्वयम उपस्थित भइ उम्मेदवारी दिएपनि रास्वपाका हरिमोहन भण्डारीले भने रास्वपा जिल्ला सभापतिमार्फत वारेसनामा उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा मनोनयन दर्ता आयोगले तोकेको समयमै शान्तिपूर्णरुपमा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान ...
: प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो। आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुई तिहाइ ...
। संविधान जारी भएको एक दशक पुगेपनि संघीय सरकारले कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नगर्दा मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत देखिएका छन् । संविधान जारी भएपछि संघीय सरकारको नेतृत्व पटक पटक फेरिएपनि प्रदेशलाई हेर्ने नजर भने नफेरिएको उनीहरुको निष्कर्ष छ । विराटनगरमा मंगलबारबाट सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’मा सहभागी ६ प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा केन्द्र सरकार ...
: दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै कर्णाली प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ। सुर्खेतमा आयोजित ‘चाडपर्व सुरक्षा विशेष नागरिकसँग चियापान कार्यक्रम’ मा कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाले प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको जानकारी दिए। अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच विश्वास, सहकार्य र समन्वय बलियो ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको ...