मुख्य समाचार
निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता
निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता

: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १० दल र २ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार बैतडीमा दशवटा राजनीतिक दल र दुईजना स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।


नेकपा एमालेका दामोदर भण्डारी,नेपाली कांग्रेसका चतुरबहादुर चन्द,राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्द,नेपाली कम्युनिष्ट पार्टीका परमनन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीमोहन भण्डारी,नेपाल मजदुर किशान पार्टीका नवराज कोइराला, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रामबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।


यस्तै आम जनता पार्टीका विशन सिंह बोहरार जनता समाजवादी पार्टीका आन सिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । दुई जनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस परित्याग गरेका तेजबहादुर चन्द र अर्का स्वतन्त्र व्यक्ति जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

अरू सबैले स्वयम उपस्थित भइ उम्मेदवारी दिएपनि रास्वपाका हरिमोहन भण्डारीले भने रास्वपा जिल्ला सभापतिमार्फत वारेसनामा उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा मनोनयन दर्ता आयोगले तोकेको समयमै शान्तिपूर्णरुपमा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएकी छन् । बाँफिकोट गाउँपालिका-३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र सोही स्थानकी १२ बर्सिया कल्पना वलीको शव मङ्गलवार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको ...
खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ
। अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । अर्थमन्त्री रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु ...
। प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई रास्वपाले निकै ठूलो धक्का दिएको छ । देशभरबाट प्राप्त अन्तिम मतपरिणाम तथा मतान्तरको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र रास्वपाका ६७ उम्मेदवारहरूले २० देखि ५० हजार बढीको विशाल मतान्तरसहित सानदार जित हासिल गरेका छन्। परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले ...
। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानमा राष्ट्रिय जनमोर्चासहित ९ दलका उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरू जमानत जोगाउन असफल भएका हुन् । कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं ...