मुख्य समाचार
बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का विद्यार्थी नेताहरुले निर्वाचन आयोग घेराऊ
बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का विद्यार्थी नेताहरुले निर्वाचन आयोग घेराऊ

— बंगलादेशमा आइतबार बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का विद्यार्थी नेताहरुले निर्वाचन आयोग घेराऊ गरेका छन् । उनीहरुले निर्वाचन आयोग पूर्वाग्रही भएको र प्रहरी तथा सीमा रक्षकहरुले टुलुटुलु हेरेर बसेको आरोप लगाए ।

१२ फेब्रुअरीमा हुने राष्ट्रिय मतदानअघि बीएपनपीको विद्यार्थी संगठन (जातीयतावादी छात्र दल ‘जेसीडी’ ) ले दोहोरो नागरिकताधारीहरुलाई पनि उम्मेदवारीको अवसर दिनुपर्ने पक्षमा लबिङ गरिरहेको छ ।

आइतबार राति नै निर्वाचन आयोगमाथि नेशनल सिटिजन पार्टी (एनसीपी) का उम्मेदवारहरुले गाली वर्षाए । उनीहरुले निर्वाचन आयोगले पूर्वाग्रही भएर बीएनपीको पक्षमा काम गरेको आरोप लगाए ।

एनसीपीका प्रवक्ता आसिफ महम्मद सजिव भुइयानले शनिबार बंग्लामोटोरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा पार्टीको सहभागिताका विषयमा पुनर्विचार गर्न सकिने चेतावनी दिए ।

बंगलादेशको कानुनले विदेशी नागरिकलाई संसदीय निर्वाचन लड्न दिदैंन ।


मनोनयन दर्तापछि उम्मेदवारको जाँचका लागि झन्डै ९ दिनको अपिल अवधि राखिएको थियो । आइतबार यो अवधि सकियो ।

निर्वाचन आयोगले २५ वटा उम्मेदवारविरुद्ध दोहोरो नागरिकता सम्बन्धी परेका दर्जनौं उजुरीको जाँच -पड्ताल गर्‍यो ।



अन्त्यमा आयोगले २३ जना उम्मेदवारलाई चुनाव लड्न दियो । दुईजनाको मनोनयन खारेज गरियो । उम्मेदवारी कायम रहेका धेरैजसो उम्मेदवारले विदेशी नागरिकता त्यागेको वा त्याग्नका लागि निवेदन दिएको पत्र निर्वाचन आयोगलाई पठाएका थिए ।

यस्ता उम्मेदवारलाई अनुमति दिने निर्वाचन आयोगको निर्णयले धेरै पार्टीलाई फाइदा पुगेको छ । २३ जनामध्ये १० जना बीएनपीका छन् । ४ जना जमात्- ई- इस्लामीका छन् । देशकै सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात् एनसिपी संलग्न गठबन्धनको सबैभन्दा ठूलो घटक हो । एनसिपीकै एक उम्मेदवार पनि दोहोरो नागरिकताको विवादमा मुछिएका छन् ।

एनसिपीले आफ्नो पार्टीबाट उम्मेदवारी दिएका व्यक्तिले दोहोरो नागरिकताबारे पार्टी कुनै जानकारी नदिएको जनाएको छ । ती व्यक्तिको उम्मेदवारी फिर्ता लिइसकेको पनि पार्टीले जनाएको छ ।

एनसीपीका नेता महबुब आलमले कतारी सञ्चारमाध्यम अलजजिरासाग भने, ‘ कानुनअनुसार उम्मेदवारले विदेशी नागरिकता त्यागेको प्रमाणित हुनुपर्ने हो । तर, उनीहरुको भविष्यको प्रतिवद्धतालाई मात्रै आधार मानेर निर्वाचनमा प्रतिस्पर्धा गर्न दिइनु असंवैधानिक छ ।’ उनले सिमित पार्टीलाई सहज बनाउने लक्ष्यले यस्तो नियम ल्याइएको बताए ।

‘आज विदेशी नागरिकता त्याग्नका लागि निवेदन दिएकाहरु पछि गएर उक्त निवेदन फिर्ता लिएमा यसबारे बंगलादेशका अधिकारीहरुले कसरी थाहा पाउने ? कुनै माध्यम त छैन,’ आलमले भने ।

प्रमुख निर्वाचन आयुक्त नसिरउद्निले यी आरोपहरु अस्विकार गरे । उनले सबैको सहभागिता सुनिश्चित गर्ने इच्छाशक्तिबाट प्रेरित भएर यस्तो निर्णय लिइएको बताए । ‘हामी यो निर्वाचनमा सबै सहभागी हुन् भन्ने चाहन्छौं । पूर्वाग्रही भएर निर्णय लिइएको होइन,’ उनले भने ।

बंगलादेशको विद्यमान कानुनले नागरिकहरुलाई १ सय ३ वटा देशबाट दोस्रो नागरिकता लिन पाउने कानुनी अनुमति दिएको छ । यद्यपी, संविधानको धारा ६६ (२) ले विदेशी नागरिकता लिएको व्यक्तिलाई निर्वाचन लड्न अयोग्य ठहर गर्छ ।

उम्मेदवारी दर्ता गर्दा विदेशी नागरिकता त्याग्ने प्रक्रिया पूरा भइसकेको हुनुपर्छ वा नागरिकता त्याग्नका लागि निवेदन मात्रै दिएपनि पर्याप्त हुन्छ भन्ने विषयमा मानिसहरुका तर्क अलग–अलग छन् ।

यद्यपी, यसअघि निर्वाचन आयोगले दोहोरो नागरिकताको अभियोगमा उम्मेदवारी खारेज गरिदिएको थियो । शेख हसिनाको अवमी लिग पार्टीकी उम्मेदवार सामी अहमद बारिसहाल–४ क्षेत्रबाट उम्मेदवार दिइन् । तर, दोहोरो नागरिकता रहेको खुलेपछि उनको उम्मेदवारी खारेज भयो । सर्वोच्च अदालतले आयोगको यस निर्णयलाई सदर पनि गरिदियो ।

आइतबार यही विषयलाई लिएर जमात् ई इस्लामीका प्रमुख साफिकर रहमान नेतृत्वको टोलीले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसलाई भेट्यो । बैठकपछि जमात्का सह–प्रमुख सैइयद अब्दुल्लाह मुहम्मद ताहिरले निर्वाचन आयोग पूर्वाग्रही बनेको बताए ।

उनले विदेशी नागरिकता भएकाहरुको उम्मेदवारी खारेज नगर्नका लागि निर्वाचन आयोगमाथि दबाब दिने काम भएको बताए । तर, कुन पार्टीले दबाब दियो भन्ने खुलाएनन् । ‘जोसुकै पार्टी किन नहोस् ? जमात् नै किन नहोस् । निर्वाचन आयोग कुनै पनि दबाबमा झुक्न हुादैन,’ उनले भने ।

सोमबार एनसिपीका नेता नाहिद इस्लामले पनि युनुसलाई भेटे । उनले निर्वाचन आयोगलाई बीएनपीले दबाबमा राखेको बताए । ‘बिएनपीमा दोहोरो नागरिकता भएका उम्मेदवारहरु छन् र जमात्मा पनि छन्,’ उनले भने,‘ को पार्टी छ र छैन भन्ने होयन । कानुन सबैका लागि बराबर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । कुनै एक पार्टीको दबाबमा परेर निर्वाचन आयोगले निर्णय लिन मिल्दैन ।’

उनले थपे,‘यदी निर्वाचन आयोग नै तटस्थ रहन सकेन भने हामीले कसरी निष्पक्ष निर्वाचनको अपेक्षा गर्नसक्छौं । उनले यस निर्णयका विरुद्धमा अदालत जान र आवश्यक परे सडक आन्दोलन पनि गर्न सकिने बताए ।

नैतिकताको प्रश्न ?

राजनीतिक विश्लेषक मोहिउद्दिन अहमदले दोहोरो नागरिकताधारीहरुलाई निर्वाचन लड्न दिने निर्णय असंवैधानिक मात्रै नभएर नैतिक रुपमा पनि गलत रहेको बताए ।

कुनै फरक राज्यप्रति निष्ठा भएको व्यक्तिले बंगलादेशी मतदाताको प्रतिनिधित्व कसरी गर्नसक्छ भनेर उनले प्रश्न गरे । ‘निर्वाचन आयोगले संविधानका प्रावधानहरुको जानजान बेवास्ता गर्दा उसको दायित्व कमजोर हुन्छ र चुनाव नै अमान्य हुने जोखिम रहन्छ,’ अहमदले भने ।

अर्का राजनीतिक विश्लेषक दिलारा चौधरीले नागरिकता त्याग्ने इच्छाशक्ती वा त्यसका लागि दिएको निवेदनलाई मात्रै पर्याप्त कानुनी आधार मान्न नसकिने बताइन् ।

नैतिकता धरातल कायम राख्न आयोगले चुनावी प्रक्रियाको कडाईका साथ पालना गर्नु जरुरी रहेको उनले बताइन् ।

‘यदी निर्वाचन आयोगको तटस्थ छविमा क्षति पुग्यो भने विश्वासिलो निर्वाचन कसरी हुनसक्छ,’ उनले अलजजिरासाग भनिन्, ‘यदी निर्वाचन प्रश्नको घेरामा रहृयो र नागरिकहरुले विश्वास गुमाए भने यसको अभ्यास अर्थहिन हुनेछ । यसबाट बनेको सरकारले पनि वैधताको प्रश्न सामना गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...