मुख्य समाचार
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्न बन्द गरेको दाबी
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्न बन्द गरेको दाबी

: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्न बन्द गरेको दाबी गरेका छन्।

स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को बैठकमा बोल्दै बेसेन्टले अमेरिकी कर नीतिले भारत–रुसबीचको ऊर्जा व्यापारमा प्रत्यक्ष प्रभाव पारेको बताएका हुन्।


भारत लामो समयदेखि रुसबाट ठूलो परिमाणमा कच्चा तेल आयात गर्दै आएको देश हो। तर अमेरिकी भन्सार शुल्क लागू भएपछि पछिल्ला महिनाहरूमा भारतको रूसी तेल आयातमा उल्लेखनीय गिरावट आएको विभिन्न तथ्याङ्कहरूले देखाएका छन्। विशेषगरी डिसेम्बर र जनवरी महिनामा रुसबाट भारतको तेल आयात तीव्र रूपमा घटेको बताइएको छ।


यद्यपि, भारत सरकारले भने बारम्बार आफ्नो नीति स्पष्ट पार्दै आएको छ। भारतको भनाइ अनुसार १ अर्ब ४० करोड जनसंख्याको ऊर्जा आवश्यकता पूरा गर्न उसले अन्तर्राष्ट्रिय बजारबाट किफायती दरमा कच्चा तेल खरिद गर्नु अपरिहार्य छ। यसो नगर्दा घरेलु उपभोक्तामाथि ठूलो आर्थिक दबाब पर्ने भारतको तर्क छ।

अमेरिकी पक्षको दाबी र भारतको आधिकारिक धारणा फरक देखिए पनि पछिल्लो समय भारत–रुस तेल कारोबारमा आएको कमीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र भूराजनीतिक समीकरणमा नयाँ बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम