मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन
प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन

: आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको हो।


निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरिएको थियो।


निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा ब्रिफि भएको छ गृह मन्त्रालयले जानकारी दिएको छ। बैठकमा निर्वाचनको सुरक्षा अवस्था र चुनौतीबारे पनि विश्लेषण गरिएको थियो।


बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ। त्यस्तै राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ। बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताएका छन्। दाङको घोराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पारेका हुन्। उनले भने,'सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन्। जनताले अब त्यस्ता शक्तिलाई ...
: झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापामा नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं महानगरका निवर्तमान मेयर बालेनले रास्वपाबाट झापा २ मा उम्मेदवारी दिएकी निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट गरेका हुन् । बालेन मंगलबार दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएर बसेका थिए ...
: स्याङ्जा प्रहरीले लुकाइछिपाए राखेको अवस्थामा बन्दुक र गोलीगठ्ठा नियन्त्रणमा लिएको छ। प्रहरी चौकी विरूवाबाट खटि गएको ’विशेष सर्च अप्रेसन’ टोलीले विरूवा गाउँपालिका-३ सिउँडीबाट ४ नाले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी,मिनबहादुर पुलामी र रणबहादुर थापा रहेका छन्। तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम ...
— पश्चिम नवलपरासीमा २ जना प्रतिनिधिसभा सदस्यका लागि ५ जना महिला सहित ५७ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी, आम आदमी पार्टीबाट माया कुमारी थापा, राष्ट्रिय जनमोर्चाबाट पार्वता पौड्याल तथा नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल र गङ्गा देवी थारु महतोले मनोनयन दर्ता गराएकी छन् । क्षेत्र ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ६ स्वतन्त्र र राजनीतिक दलसहित २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको स्याङ्जामा स्याङ्जा क्षेत्र नं.१ मा ११ वटा राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शेलेन्द्र घिमिरे,राष्ट्रिय स्वतन्त्र पार्टीका ...