मुख्य समाचार
साउदीका उच्च पदबाट बाहिरिँदै नेपाली श्रमिक
साउदीका उच्च पदबाट बाहिरिँदै नेपाली श्रमिक

— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ ।

साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत नेपाली इन्जिनियर रमण शाहले आफ्नो ठाउँमा साउदी नागरिकले अवसर पाएको बताए । ‘म यो कम्पनीमा ८ वर्षदेखि काम गरिरहेको थिएँ । कम्पनीले मलाई निरन्तरता राख्न नसकिने जानकारी दिएको छ । हाम्रो कम्पनीले अनिवार्य रुपमा ३० प्रतिशत साउदीको इन्जिनियर पुर्‍याउनुपर्ने बाध्यता छ,’ उनले भने,‘त्यसपछि भारतीय इन्जिनियरहरुको दवदवा छ ।’

गत डिसेम्वर ३१ मा मानव शंशाधन तथा सामाजिक विकास मन्त्रालयले ६ महिनाभित्र ३० देखि ४६ प्रतिशत इन्जिनियर साउदी नागरिक नै हुनुपर्ने नियम सार्वजनिक गरेको थियो । यसलाई कम्पनीहरुले कार्यान्वयनमा लैजान थालेको छ । ‘साउदीमा कति नेपाली इन्जिनियरहरु छ भन्ने यकिन तथ्याङ छैन । तर जहा साउदी इन्जिनियर कम छ । त्यहा भएका विदेशी इन्जिनियरले छोड्नुपर्नेछ,’ शाहले भने ।

साउदीले प्राविधिक क्षेत्रमा मात्रै नभएर प्रशासनिक र स्वास्थ्य क्षेत्रमा पनि साउदीकरणको नीति छ । प्रशासनिक क्षेत्र र मानव शंशाधनमा पनि शतप्रतिशत साउदीकरण छ । मानव शंशाधन व्यवस्थापक, मानव संशाधन सहायक, कम्पनी प्रतिनिधि (पिआरओ), सुरक्षा गार्ड साउदी नै हुनुपर्ने छ ।

सिभिल इन्जिनियर, आर्किटेक्ट, विद्युत उत्पादन इन्जिनियर, औद्योगिक इन्जिनियर, विद्युतीय/मेकानिकल इन्जिनियर, प्राविधिक इन्जिनियरिङ टेक्निसियन कम्तीमा ३० प्रतिशत राख्नुपर्ने बाध्यकारी नियम छ ।


स्वास्थ्य सेवा तथा फार्मेसी क्षेत्रमा ८० प्रतिशतसम्म साउदी नागरिक नै राख्नुपर्ने नीति छ । जसमा मेडिकल ल्याबोरोटरी ७० प्रतिशत, फिजियोथेरापी ८० प्रतिशत, रेडियोलोजी ६५ प्रतिशत, दन्तचिकित्सा ५५ प्रतिशत र फार्मेसीमा ६५ प्रतिशत र पर्यटन तथा आतिथ्य क्षेत्रमा सत प्रतिशत साउदी नागरिक नै राख्नुपर्ने छ । २०२७ को जनवरीसम्म सेफ भने ३० प्रतिशत राख्नुपर्ने नीति लिएको छ ।

खरिद क्षेत्रमा पनि ७० प्रतिशत राख्नुपर्ने नीति ल्याएको छ । कारका स्पेयर पार्ट्स, कपडा, इलेक्ट्रोनिक्स लगायत विभिन्न खुद्रा क्षेत्र साउदी नागरिकका लागि मात्र सीमित गरिएको छ । लेखापाल पनि खुम्चाइएको छ ।



रोजगार विज्ञ युवराज वस्नेत नेपाली श्रमिक सीपमा ध्यान नदिए रोजगार अवसर खुम्चिने बताउँछन् । ‘साउदीकरण नीतिले आफ्ना नागरिकलाई नै पहिलो प्राथमिकता दिएको देखिन्छ । यसले अब साउदीको श्रम बजारमा साउदी नागरिक नै अब्बल हुँदै गएको भन्ने देखाउँछ,’ उनले भने,‘अब नेपालीसहित विदेशी श्रमिक निश्चित पेशा र क्षेत्रमा मात्रै अवसर पाइन्छ भन्ने हो ।’

साउदीले अदक्ष बजारमा पनि सीपयुक्त श्रमिक नै लैजाने नीति लिएको छ । उसले सीप प्रमाणीकरण भएका मात्रै श्रमिक लैजाने योजना छ । नेपालबाट साउदीले प्रत्येक बर्ष ८० हजारदेखि एकलाख जनासम्म श्रमिक लगिरहेको छ । नेपाल र साउदीबीच जनवरीको अन्तिम साता हुन गइरहेको श्रम सम्झौता पनि सामान्य श्रमिकमा मात्रै केन्द्रित छ । श्रम मन्त्रालयको श्रम प्रतिवेदन २०२४ अनुसार सामान्य श्रमिकको हैसियतमा ६७.७ प्रतिशत, सेवा तथा बिक्री क्षेत्रमा ८. ७ प्रतिशत र चालक/मेसिन अपरेटर क्षेत्रमा १२.२ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...