— बाघ गणनामा राखिएको दुई थान ट्रयापिङ क्यामेरा वन्यजन्तुले क्षति भएको छ । एउटा क्यामेरा बाघले क्षति पुर्याएको छ भने अर्को खुल्न नसकेको वन्यजन्तुले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फा हाम्फेले बताए ।
यसैबीच बाघ गणनाको पहिलो चरणको २ सय २५ ग्रिड ८ वटा बल्कको गणना सकिएको छ । पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, डल्ला, कर्णाली चिसापानी, खयर भटटी, भुरीगाउ, रम्मापुर र थुम्नी क्षेत्र रहेको छ ।
दोस्रो चरणको बाघ गणना बाँके र दाङमा सुरु गरिने भएको छ । गत पुस ९ गतेबाट बाघ गणना सुरु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरी सिकारी नियन्त्रण युवा अभियान बाट संयुक्तरुपमा प्राविधिक टोली लगायतबाट क्यामेरा ट्रापिङको सहयोगमा गणना गरिएको छ ।
सन् २०२२ मा बर्दियामा १ सय २५ वटा बाघ गणना भएको थियो । ९ सय ६८ वर्ग किमी क्षेत्रफल ओगेटेको बर्दिया निकुञ्ज लगायत मध्यवर्ती क्षेत्र, जैविक मार्गमा बाघ गणना भएको थियो । यसवर्ष बाघको संख्या बढने अनुमान गरिएको छ ।