मुख्य समाचार
फुटसल एरिनामा भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ ले हराए
फुटसल एरिनामा भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ ले हराए

: साफ महिला फुटसल च्याम्पियसिपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ ले हराएको हो।


पहिलो पिरियडमा ३ गोल गरेको नेपालले दोस्रो पिरियडमा २ गोल गर्दै १ गोल बेहोर्‍यो। नेपालका लागि मनिषा थापा मगरले दुई गोल गरिन्। रोशनी बोहोरा, दिपा राई र जेनिफर रानाले १–१ गोल गरे। पाकिस्तानका लागि आज्वा चौधरीले सान्त्वना गोल गरिन्।


नेपालले पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो। दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराएको थियो। तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको थियो। चौथो खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको थियो। यो जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको आइची–नागोयामा जारी एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै जापानसँग सोझो सेटमा हार बेहोरेको छ । नेपाल जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भयो । एफआईभीबी विश्व वरियतामा महिलातर्फ छैटौं स्थानमा तथा एसियाको शीर्षस्थानमा रहेको जापानसामू नेपाल निरीह देखिएको थियो । नेपालले अब प्रतियोगिताको दोस्रो खेल इन्डोनेसियासँग बिहीबार खेल्नेछ । यदि उक्त ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा स्थान सुधार गरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार बाँयाहाते स्पीनर ललितले पाँच स्थान सुधार गर्दा लेग स्पीनर सन्दीपले ३ स्थान सुधार गरेका हुन् । नयाँ वरियतामा ललित ४०औं स्थानमा छन् भने सन्दीप ४६औं स्थानमा छन् ...
। नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ५ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ५ स्थान सुधार गर्दै १७औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १७१ भएको छ । यसअघि उनको रेटिङ अंक १५९ थियो । गत शनिबार सम्पन्न एसीसी प्रिमियर ...
: नेपाल क्रिकेट संघ (क्यान)ले २० औं एसियन गेम्स खेल्ने टोलीको नाम सार्वजनिक गरेको छ। मंगलबार साँझ क्यानले टोलीको नाम सार्वजनिक गरेको हो। घाइते नन्दन यादवको टिममा पुनरागमन भएको छ भने एकदिवसीय फर्म्याटमा एसीसी प्रिमियर कप खेल्दा टिमबाट ड्रप भएका कुशल भुर्तेल पनि टिममा फर्किएका छन।
: नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ। मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा मैदानभित्र भएको विवादमा आचर संहिता उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई आइसीसीले कारबाहीको घोषणा गरेको हो। फाइनल खेलको ३१ औं ओभरमा मैदानमा भएको विवादमा रोहित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम