: फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा रौतहट १ बाट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपाको टिकटबाट मनोनयन दर्ता गराएका छन्।
यो क्षेत्र माधव नेपालले २०७९ को चुनावमा जितेको क्षेत्र हो। सो निर्वाचनमा नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका थिए। एमालेका उम्मेदवार अजय गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए।
नेपालले ६ हजार ६ सय मतान्तरले चुनाव जितेका थिए। अन्य दलबाट पनि मनोनयन गर्ने क्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।