मुख्य समाचार
च्याम्पियन्स लिगमा आर्सनलको लगातार सातौं जित, सिटी बोडोसँग पराजित
च्याम्पियन्स लिगमा आर्सनलको लगातार सातौं जित, सिटी बोडोसँग पराजित

। युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले लगातार सातौं जित निकाल्दै अपराजित यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा आर्सनलले इटालियन क्लब इन्टर मिलानलाई ३-१ ले हराउँदै शतप्रतिशत जितको यात्रा कायमै राखेको हो ।


आर्सनलको जितमा ग्याब्रियल जेससले २ गोल गर्दा भिक्टर ग्योकेरेसले १ गोल गरे । इन्टरका पेटार सुसिकले गोल गरे ।

खेलको १०औ मिनेटमा जेससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा सुसिकले गोल गरे । जेससले ३१औं मिनेटमा फेरि गोल गर्दै पहिलो हाफमा टोलीलाई २-१ ले अगाडि राखे ।


ग्योकेरेसले ८४औं मिनेटमा गोल गर्दै आर्सनलको ३-१ को जित पक्का गरे ।

यो जितपछि आर्सनलले ७ खेलमा ७ जितसहित २१ अंक जोडेको छ । पराजित इन्टर १२ अंकसहित नवौं स्थानमा छ ।

सिटीको हार, टोटनहमको जित

गएराति नै भएको अर्को खेलमा प्रिमियर लिगकै अर्को क्लब म्यान्चेस्टर सिटीले भने हार बेहोरेको छ । सिटी बोडो ग्लिम्पटसँग ३-१ ले पराजित भएको हो ।

बोडोको जितमा क्यासपर होगले २ गोल गरे भने जेन्स हजले १ गोल गरे । सिटीका रायन चेर्कीले १ गोल गरे ।

क्यासपर होगले २२औं र २४औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखे । ५८औं मिनेटमा हजले गोल थपे । ६०औं मिनेटमा चेर्कीले गोल फर्काएपनि पर्याप्त भएन ।

६२औं मिनेटमा रोड्रीले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि बोडो ग्लिम्पटले ७ खेलमा ६ अंक जोडेर २७औं स्थानमा छ । पराजित सिटी ७ खेलमा १३ अंकसहित सातौं स्थानमा छ ।

यस्तो गएरातिको अर्को खेलमा प्रिमियर लिग क्लब टोटनहमले बोरुसिया डर्टमन्डलाई २-० गोलअन्तरले पराजित गर्‍यो ।

जितपछि टोटनहम ७ खेलमा १४ अंकसहित चौथो स्थानमा छ । डर्टमन्ड ११ अंकसहित १२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...