मुख्य समाचार
अमेरिका, नेदरल्यान्ड्स, थाइल्यान्ड र बंगलादेश विजयी
अमेरिका, नेदरल्यान्ड्स, थाइल्यान्ड र बंगलादेश विजयी

: आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह ए अन्तर्गत खेलमा अमेरिकाले पहिलो जित दर्ता गरेको छ। माथिल्लो मूलपानी मैदानमा भएको खेलमा अमेरिकाले नामिबीयालाई ४ विकेटले हराएको हो।




टस हारेर ब्याटिङको निम्तो पाएको नामिबीयाले निर्धारित २० ओभरका ६ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। नामिबीयाले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेट गुमाउँदै १९.२ ओभरमा १४५ रनसहित लक्ष्य पूरा गरेको हो।


त्यस्तै मंगलबार भएको अर्को खेलमा स्कटल्यान्डलाई ७ रनले हराउँदै नेदरल्यान्ड्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो।




नेदरल्यान्ड्सले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन मात्रै जोड्यो। स्कटल्यान्डका लागि कप्तान काथ्र्यान बार्सीले सर्वाधिक ४२ रन बनाइन्। उनले ४० बलमा ५ चौका प्रहार गरिन्। ओपनर काथरिन फ्रासरले ४१ रन बनाइन्। सारा बार्सीले ३० रन र मेगन एमसीकोलले १० रन बनाइन्। एल्सा लिस्टर १३ र प्रियान्ज चतर्जी १ रनमा अविजित रहिन्।

त्यस्तै समूह ‘बी’ को खेलमा जिम्बावेलाई १ रनले पराजित गर्दै थाइल्यान्डले प्रतियोगितामा दो्रस्रो जित दर्ता गरेको छ। माथिल्लो मूलपानी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

थाइल्यान्डले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा ६ बलमा १० रन चाहिएको अवस्थामा जिम्बावेले ७ रन जोड्दै अन्तिम बलमा विकेट गुमाउँदै ११४ रनमा सिमित बन्यो। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा विकेट गुमाउँदै जिम्बावे पहिलो जित निकाल्न असफल भएको हो।
त्यस्तै बंगलादेशले पपुवा न्युगिनी(पीएनजी)लाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। बंगलादेशले पीएनजीलाई ३० रनले हराएको हो। त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।

बंगलादेशले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन बनाएको हो। पीएनजीका लागि कप्तान बिन्दा ताउले सर्वाधिक ३५ रन बनाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ओपनरद्वय होलन डोरिगा र कोनिओ ओलाले क्रमशः २१ र १२ रन बनाए।

सिबोना जिम्मीले २८ रन र नाओनी बारेले १५ रन बनाइन्। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा बंगलादेशका लागि सन्जिदा अख्तर, रबिया खान, रितु मोनी, माहिमा खातुन, सोबाना मोस्त्रे र सोर्ना अख्तरले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि सोर्ना अख्तरले सर्वाधिक ३७ रन बनाइन्। मध्यक्रममा आएकी सोर्नाले १४ बलमा १ चौका र ४ छक्का प्रहार गरिन्। ओपनद्वय जैरिया फिर्दोस र सर्मिन अख्तरले क्रमशः १७ र २८ रन बनाए। कप्तान निगर सुल्तानाले ६ रन बनाउँदै रनआउट भएकी थिइन्। सोभाना मोस्त्रे ३४ र रितु मोनी ५ रनमा अविजित रहे। बलिङ तर्फ पीएनजीका लागि माइरी तोम,हिनाओ थोमस र दिका लोहिआले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी दिएका छन्। उनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। भद्रपुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर राप्रपा अध्यक्ष लिङ्देनले उम्मेदवारी दिएका हुन् । उनको समर्थकमा पुनम राजवंशी र प्रस्तावक अभिषेक ढुंगाना रहेका छन् ...
: नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेद्वारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको बताए। उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा जुट्नुपर्ने उल्लेख ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोले आफ्नो मनोनयन दर्ता गराएका छन् । उनले तेस्रो पटक यस क्षेत्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन्। २०६४ मा जित हासिल गरेका महतो २ पटक महेन्द्र राय यादवसँग पराजित भएका थिए ।
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्ने खतरा रहेको बताएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार गृह जिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले दक्षिण एसियाली मुलुकहरू श्रीलंका र बंगलादेशपछि नेपालमा विदेशी शक्तिको खिचातानी देखिएको बताए। आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई ...
। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार निर्वाचन क्षेत्र नं १ ...